धनगढी, २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला कदम असंबैधानीक भएको भन्दै धनगढीमा बयलगाडा प्रदर्शन हुँदैछ ।

नेकपा प्रचण्ड–नेपाल समुह समर्थक अनेरास्ववियू जिल्ला कमिटी कैलालीको आयोजनामा प्रदर्शन हुन लागेको हो ।दुई तिहाई बहुमतका प्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्न अफ्ठ्यारो भयो भन्दै प्रतिनिधिसभा विघटन गरेर असंबैधानिक र प्रतिगामी कदम उठाएको बिरुद्ध बयलगाडा ¥याली आयोजना गरिएको बिधार्थी नेता डम्मर भट्टराईले जानकारी दिए ।

धनगढीको क्याम्पस चोकदेखि पार्कमोड सम्मको उक्त ¥याली ३५ देखि ४० बयलगाडा प्रदर्शन हुने उनले बताए ।
