धनगढी, पौष २३/ प्रधानमन्त्री केपी शर्मा ओली शुक्रवार भोलि धनगढी आउने भएका छन् । प्रधानमन्त्री ओली आमसभालाई सम्बोधन गर्न धनगढी आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

धनगढीमा ओलीले सम्बोधन गर्ने आमसभा कार्यक्रमको तयारी तिव्र रहेको छ ।
प्रचण्ड–माधव नेपाल समूहका नेता कार्यकर्ताहरुले प्रधानमन्त्रीको विरोध गर्न सक्ने भएकाले उक्त कार्य हुन नदिन सुरक्षा निकाय हाई अलर्ट गरिएको छ ।

नेकपा प्रदेश कमिटीले आयोजना गरेको जनसभामा सहभागी हुन प्रधानमन्त्री बिहान धनगढी पुग्ने छन् । १२ बजे पछि कार्यक्रम सुरु हुने अध्यक्ष कर्ण थापाले जानकारी दिए ।

