धनगढी, मंसिर २५/ डोटीमा लैङ्गिक हिंसा विरुद्धको अभियान सम्पन्न भएको छ। डोटीको बडिकेदार गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानले पुर्णता पाएको हो।
बडिकेदार गाउपालिकाका उपाध्यक्ष इन्द्रा बोहरा भाटले महिलाहरुलाइ ५० प्रतिशत अधिकार दिने भन्ने कुरा संविधानमा मात्र सिमित रहेको बताइन् ।
सरकारले कागजमा मात्र ५० प्रतिशत अधिकार दिएको तर ब्यवहारमा लागू नभएको र ग्रामीण क्षेत्रका महिलाहरुमाथी आज पनी पुरुषबाट हिंसाजन्य कार्य बढिहुने गरेको उपाध्यक्ष भाटले बताइन्।
महिलाहरुले अब योजना छनोट कार्यक्रममा आफ्ना योजना बनाएर ल्याउनुपर्ने र सधैभरी आफू महिला अधिकारको लागि लडाइँ लड्दै आएको, अगामी दिनमा समेत महिलाहरुको हक हितको लागि लागिपर्ने भाटले बताइन्।