धनगढी, २४ असोज/ किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो रजत जयन्तीको अवसर पारेर शनिबार अन्तर शाखा स्तरिय बक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । ‘कोरोना महामारीको विषम परिस्थितीमा सेवा प्रवाह एवं व्यवसायिक सफलताका लागि कर्मचारीको भूमीका’ विषयक बक्तृत्वकला प्रतियोगिता संस्थाको केन्द्रिय कार्यालय लम्कीमा सम्पन्न भएको हो । प्रतियोगितामा सहकारीका २१ शाखा र १ एकिकृत कृषिफर्म गरी २२ जना प्रतियोगि कर्मचारीको सहभागिता रहेको थियो ।
प्रतियोगितामा लम्की शाखाका अम्मर राज भण्डारी प्रथम, टीकापुर शाखाका रिता बजगाई द्वितिय, फुलबारी शाखाका अर्जुन रिमाल तृतिय, र सुख्खड शाखा दिपेन्द्र बटाला सान्त्वना भएका छन । प्रतियोगितामा निर्णयकका रुपमा संस्थाका सञ्चालक सदस्य सरोज कुमार शाह, लेखा तथा सुपरिवेक्षण समिति संयोजक नृप बहादुर कुवर र सल्लाहकार संयोजक उदयराम खनाल रहेका थिए ।
संस्थाका अध्यक्ष सुरेन्द्र कुमार शाहको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिताको औचित्यतथा कोभीड १९ को वर्तमान परिस्थितीमा सुरक्षा मापदण्ड अपनाई कर्मचारीले सदस्यलाई प्रवाह गरिहेको सेवाका बारेमा संस्थाका महाप्रबन्धक डम्बर बहादुर शाहले प्रकाश पारेका थिए । प्रतियोगिताका विजयीहरु लाई संस्थाको आसन्न २५ औ बार्षिकउत्सव समारोहमा पुरस्कार वितरण गरिने संस्थाले जनाएको छ ।