धनगढी, २२ असोज/ कैलालीको गौरीगंगा नगरपालिकामा दुर्लभ वन्यजन्तु सुनगोहोरो को उद्वार गरिएको छ । गौरीगंगा ९ शंकरपुरका विनोद खनालको घरबाट गोहोरो उद्वार गरिएको हो ।
मकै सुकाउन निकाल्ने क्रममा गोहोरो देखेपछि खनालले पत्रकार तथा स्थानीय संरक्षणकर्मी घनश्याम पौडेललाई खबर गरेका थिए ।
सुनौलो रंगको गोहोरो नेपालमा लोपोन्मुख दुर्लभ वन्यजन्तुको सुचिमा सुचिकृत रहेको सामुदायिक वन समन्वय समिति गौरीगंगाका अध्यक्ष ओमप्रकाश सापकोटाले बताए ।
गोहोरोको उद्वार गरि गौरीगणेश सामुदायिक वन बढैपुरमा छोडिएको पौडेलले जानकारी दिए ।