• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

मंगल ग्रहमा तीनवटा भूमिगत ताल फेला

काठमाडौं,१५ असोज । मंगल ग्रहको दक्षिणी ध्रुवनजिकै तीनवटा नयाँ भूमिगत ताल फेला परेका छन् । वैज्ञानिकहरूले सन् २०१८ मा सङ्केत पाइएकामध्ये एकचौथाइ ताल वास्तवमै अस्तित्वमा भएको पुष्टि गरेका छन् ।

जीवनका लागि तरल पानी महत्त्वपूर्ण हुन्छ, त्यसैले यो नयाँ जानकारी सौर्यमण्डलमा जीवनको खोजी गर्नेहरूका लागि रोचक हुनेछ । तर ती तालहरू अत्यधिक नुनिनो भएको अनुमान गरिएकाले कुनै सूक्ष्मजीवलाई जीवित रहन कठिन हुन्छ ।

अर्बौँ वर्षअघि मङ्गल ग्रहको सतहमा नदीमार्फत् पानी बग्थ्यो र त्यहाँ तालहरू बनेका थिए ।

त्यसपछि मङ्गल ग्रहले आफ्नो तात्कालिक पर्यावरण गुमाएकाले लामो समयसम्म त्यहाँको सतहमा पानी तरल अवस्थामा रहन सक्दैन । भूमिगत पानीका लागि भने त्यस्तो अवस्था हुँदैन ।

इटलीको न्याश्नल इन्स्टिट्यू अफ एस्ट्रोफिजिक्स बोलोग्नाका डा.रोबेर्टो ओरोसीले भने, ‘पानीका यी प्रणालीहरू विगतमा थिए भन्ने अधिक सम्भावना देखिन्छ । त्यसले वास्तवमै पूरा ग्रहको इतिहासमा त्यहाँ तपाईंका लागि वासस्थान थियो वा वासस्थानकै समान थियो भन्ने देखाउँछ ।’

उनका अनुसार मङ्गल ग्रह जवलायु विनाशबाट गुज्रिँदै गर्दा अधिक तातो ग्रह बन्दै गएको थियो । तर त्यो कति तातो बनेको थियो भन्ने कुरा स्पष्ट छैन । ‘त्यहाँ एउटा ठाउँ थियो जहाँ जीवन रहन सक्थ्यो,’ उनी भन्छन् ।

युरोपियन स्पेस एजन्सी ९ईएसए० को मार्स एक्स्प्रेस यानमा रहेको रेडार उपकरणले पठाएका विवरणहरू प्रयोग गरेर यो कुरा पत्ता लगाइएको हो ।
उक्त यानले सन् २००३ देखि मङ्गल ग्रहको परिक्रमा गरिरहेको छ ।

सन् २०१८ मा अध्येताहरूले रेडारले पठाएका विवरणहरू प्रयोग गरेर मङ्गल ग्रहको दक्षिणी ध्रुवका सतहको डेढ किलोमिटरमुनि २० किलोमिटर फराकिला भूमिगत तालहरू रहेको सङ्केत गरेका थिए ।

तर त्यो सङ्केत सन् २०१२ देखि २०१५ सम्म मार्सिसले भेला पारेका गरिएका २९ वटा सूचनामा आधारित थियो ।

अहिले पनि उक्त टोलीमै सहभागी वैज्ञानिकहरूले सन् २०१० देखि २०१९ सम्मका १३४ वटा रेडार प्रोफाइलको अध्ययन गरेर यो निष्कर्ष निकालेका हुन् ।

इटलीको रोमा ट्रे यूनिभर्सिटीकी वैज्ञानिक एलेन पेट्टिनेली भन्छिन्, ‘हामीले सन् २०१८ को अध्ययनले देखाएका सम्भावनाहरूको अवस्था, सीमा र बललाई मात्र पुष्टि गरेनौँम थप तीनवटा उज्ज्वल क्षेत्र पनि भेट्यौँ ।’

उनले मुख्य ताल पानीको दहबाट घेरिएको बताइन्। ‘तर रेडारको प्राविधिक विशेषता र मङ्गलको सतहबाट योसम्मको दूरीका कारण तिनीहरू आपसमा जोडिएका छन् किन छैनन् भन्ने तय गर्न भने सकिएको छैन,’ उनले भनिन् ।- बिबिसी

बिहिबार, असोज १५, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.