धनगढी, २६ भदौ/ डडेल्धुराको परशुराम नगरपालिका–४ मा सामान्य विवाद भएपछि स्थानीय नरेन्द्र मिश्रले वडाअध्यक्ष कै अगाडी स्थानीय नारायण दत्त जोशीलाई गोबर खुवाइदिएका छन् ।
समान्य विवादमा छलफल भइरहेका बेला बुवालाई अपमान गरेको भन्दै वडाअध्यक्ष समेत रहेको सभामै मिश्रले जोशीलाइ गोबर खुवाएका हुन् ।
भागेश्वर मावि शिर्षका प्रधानाध्यापक रामदत्त मिश्रलाई बजारमा रामे भनेपछि भएको विवाद समाधान गर्न बिहीबार वडाध्यक्ष तथा स्थानीय बुद्धिजिवीहरुको छलफलमै प्रअ मिश्रले नारायणलाई गाली गरेपछि प्रधानाध्यापक तथा नरेन्द्रका बुवासँग हातपात भएको र छोरा नरेन्द्रले त्यही समयमा नारायणलाई गोबर कोचाएको स्थानीयले बताए ।
घटनापछि जोशिका पक्षबाट इलाका प्रहरी कार्यालय जोगबुडामा निवेदन परेको छ । इलाका प्रहरी कार्यालय जोगबुडाका प्रमुख प्रहरी निरीक्षक जनक मल्लले भने, ‘एउटा निवेदन पर्न आएको छ । अनुसन्धान गरिरहेका छौं ।’