आजः तृतीया श्राद्ध।
मेषः चोटपटक एवं स्वास्थ्य समस्या देखिने, मालसमाज हराउने वा क्षतिखति हुनसक्ने भय पनि छ ख्याल गर्नुहोला। केही विपरित फलको बाबजुत आकस्मिक लाभको पनि योग देखिएको छ।
वृषः दिन मध्यम फलकारक रहेको छ। बढी चाहना गरेको विशेष काममा अबरोध आएपनि दैनिक काम तथा व्यवसायबाट उन्नति प्रगति हुनजाने छ। कसैको भरोसा नगरेकै राम्रो हुनेछ।
मिथुनः मान पदप्रतिष्ठा एवं इज्जत बढ्ने छ। उच्च तहसँगको संपर्क बढ्ने छ। केही महत्त्वाकांक्षा एवं शक्तिको उन्माद् पनि बढ्न जाने संभावना छ, जसलाई कम गरेको बुद्धिमानी हुनेछ।
कर्कटः व्यवसाय, पेशा तथा कर्मक्षेत्रमा उन्नति प्रगति हुनेछ। धार्मिक आध्यात्मिक कार्य संपादन गर्न सकिने छ। सामाजिक एवं संस्थागत कामकार्यमा अवस्था अनुसारले सहभागी हुनपाइने छ।
सिंहः स्वास्थ्य समस्याले दुःख दिनेछ। कामकार्यमा पनि अबरोध आउने संभावना छ। औषधि सेवन एवं खानपान आदिमा ध्यान दिनु होला। यात्राादि र व्यवहारमा पनि सावधानी अप्नाउनु उचित हुनेछ।
कन्याः कसैकसैलाई कपट प्रेमको फन्दा पनि पर्नसक्ने भय रहेको छ। घुमफिर हुने समय छ, परिस्थिति अनुसारको यात्रा हुनसक्ने छ। चोट्पटक आदिको पनि खतरा देखिन्छ, ख्याल गर्नुहोला।
तुलाः स्वास्थ्य बलियो भएर आउने छ। पौरख एवं विशेष काममा पराक्रम गर्नसकिने समय छ। विपक्षि उपर खरो उत्रनसकिने छ। खेलकुद् आदि शारीरिक प्रतिस्पर्धाजन्य कामकार्यमा सफलता मिल्ने छ।
वृश्चिकः केही आलोचनाको सामना गर्नपर्ने अवस्थाको बाबजुत शुभ समाचार प्राप्त हुनेछ। विद्यार्थीले अध्ययनमा प्रगति गर्नसकिने छ। सन्तानको स्वास्थ्यमा सुधार आउने छ। सन्तोष एवं सुख मिल्नेछ।
धनुः सहकर्मीबीच असमझदारीको बाबजुत स्वकर्मशील कर्मयोगीहकमा अप्रत्यासितरुपमा काम बनेर लाभ एवं उपलब्धि हात लाग्ने खालको रहेको छ। साथ सहयोग पनि मिल्ने छ।
मकरः दिन अनुकूल रहेको छ। व्यवसायिक उन्नतिप्रगति हुन गई आर्थिक लाभ मिल्ने छ। राम्रै कामकार्यको जमर्को हुनेछ। आफ्नो कर्मयोगलाई निरन्तरता दिनाले परिणाम अनुकूल आउने छ।
कुम्भः केहीहद्सम्म कामकार्यमा प्रगति भई आर्थिक लाभ हुने ग्रहगोचर देखिन्छ। कुटनैतिक कुटुम्बिक सम्बन्ध बढ्ने छ। नाककान घाँटीको समस्या नदेखिएला भन्न सकिनन।
मीनः मिष्ठान्न भोजनमा जुट्ने दिन रहेको छ। रपनि आक्रोश, चोटपटक, रीशरागको संभावनालाई पनि नकार्न सकिन्न। यात्राादि र स्वास्थ्यको ख्याल गर्नुहोला। दाम्पत्य एवं प्रेम सम्बन्ध सुदृढ हुनेछ।