एजेन्सी। भारतीय अभिनेता सुशान्तसिंह राजपुत मृत्यु प्रकरणमा भारतीय अनुसन्धान ब्युरो सीबीआईले उनकी प्रेमिका रिया चक्रवर्तीमाथि अनुसन्धान केन्द्रित गरेको छ। सिबीआईले यसक्रममा रियासँग चार दिन लगातार सोधपुछ गरेको छ। रियाले फरक फरक बयान दिँदै आएकी छिन्।
उनको फरक बयानका कारण अनुसन्धानमा बाधा पुगेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। सीबीआईले सुशान्सिंह प्रकरणमा दुई सातादेखि विभिन्न व्यक्तिहरुसित सोधपुछ गर्दै आएको छ। अहिलेसम्म कुनै निचोड भने निस्किन सकेको छैन।
सीबीआईले अभिनेता सुशान्तसिंहसित उठबस गरेका विभिन्न व्यक्तिहरुलाई अनुसन्धानको दायरामा ल्याएको छ। सीबीआईले सुशान्तकी बहिनी मीतु सिंहसित पनि सोधपुछ गरेको छ।