सुर्खेत
अछाम रामारोशन स्थाई घर भएका नजकलाकार डम्वर रोकाया उर्फ राकेश दशक लामो समयपछि दर्शक विच शोकमा डुब्यो रामारोशन भन्दै फेरी एक पटक आएका छन् ।
अविरल बर्षापछि भदौं २ गते राति अछामको कैलाश खोलामा आएको बाढीमा परी १७ जना बेपत्ता भएका थिए । जसमध्ये दर्जन बढि शवहरु क्हालि लाग्दो अबस्थामा फेलापरेका थिए भने कैयौ अझै बेपत्ता नै रहेका छन् । त्यहि घटनामा आधारित रहेको लोक गित शोक डुब्यो रामारोशन नामक गित ल्याएर रोकाया फेरी दर्शक श्रोता माझ आएका छन् । त्यो बाडिले । सैनीबजारमा रहेका ३० वटा पसलसहित १७ जना बगाएको थियो ।
डम्वर रोकाया उर्फ राकेश सुदूर र मध्यश्चिममा जनयुद्धको बेलाका चर्चित गायकको रुपमा परिचित छन् । कुनै समय सुदूर र मध्यपश्चिमको गाउँ बस्तीमा उनका गितलाई आर्दश मानेर जनयुद्धको आधिबेहरीमा कैयौ युवाहरु आन्दोलनमा हिडेका थिए ।
जनगायक डम्बर रोकाया राकेशको स्वर रचना संगित रोकायाको नै रहेको छ भने गितको नाम ‘शोकमा डुब्यो रामारोशन’ राखिएको छ । सार्वजनिक भएको उक्त गीत टेकराज अछामी युट्युब मार्फत सार्वजनिक गरिएको हो । डम्बर रोकायाको शब्द संगित रहेको सो गीतमा एरेन्ज मनिष विक्रम पाण्डेको रहेको छ ।
गीतको म्युजिक भिडियोमा अनुप श्रेष्ठ र हरिश भण्डारीले अभिनय गरेका छन, भने सम्पादन तथा निर्देशन महेश बिक्रम पाण्डेले गरेका छन । भिडियो महेश महराले खिचेका हुन । विशेष सहयोगीमा उमश रोकाया,नवर सिंश रोकाया लगायतको रहेको छ ।