• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

नेपालीले बनाएको लुडो एप एक करोडभन्दा बढी डाउनलोड

काठमाडौं, २ भदौ/ तपाईंलाई थाहै होला, नेपालको घोषित राष्ट्रिय खेल ‘भलिबल’ हो । तर, अघोषित राष्ट्रिय खेलचाहिँ ‘लुडो’ लाई मान्दा हुने भयो । गाउँघरमा चार–जना टुक्रुक्क बसेर कागजको बोर्डमा खेलिने गरेको यो रमाइलो खेल अहिले स्मार्टफोनमार्फत शहरमा सलहसरी व्याप्त भएको छ ।

नहोस् पनि किन, कुनै खेल सामग्री नचाहिने । खेलाडीको निश्चित संख्या पनि आवश्यक नपर्ने । जहाँ बसेर पनि खेल्न सकिने । खेलाडीहरु एकै ठाउँमा जुट्नु पनि आवश्यक हुँदैन । विदेशमा भएका साथीभाई आफन्तसँग पनि रमाउँदै खेल्न सकिन्छ । त्यसैले त सरकारले कुनै प्रोत्साहन कार्यक्रम नल्याउँदा पनि लुडोको लोकप्रियता उत्कर्षमा पुगेको छ ।

केटाकेटी हुन् वा बुढाबुढी । युवा हुन् वा युवती । सबैलाई भुलाएको छ लुडोले । प्रेममा परेका युवा–युवतीहरु फोनमा कुरा गर्दा–गर्दा थाकेपछि लुडो खेल्न थाल्छन् । बिहान शौचालयको कमोडमा बस्दा नै दुई–तीन राउन्ड लुडो खेल्न भ्याउँछन् कोही । हारेको झोंकमा कहिलेकाहीँ ट्वाइलेट फ्लस गर्न बिर्सिँदा खप्की खानुपरेको अनुभव सुनाउनेहरु पनि छन् ।

भरपुर मनोरञ्जनको ग्यारेन्टी । उत्साह, निराशा, आक्रोश, चिडचिडाहट, सनसनी‘ के छैन लुडोमा रु लुडो खेल्दै गर्दा तपाईंलाई परिवारकै सदस्य पनि ‘दुश्मन’ जस्तो लाग्न थाल्छ ।

लुडोका थुप्रै एपहरु गुगल प्ले स्टोरमा भेटिन्छन् । त्यसमध्ये नेपालमा सबैभन्दा चलेको एपचाहिँ नेपालीले नै बनाएका हुन्
चार महिना अगाडि कोरोनाका कारण देश पूर्ण लकडाउनमा गयो । मानिसहरु फुर्सदिला भए् । यदि बेला हो, लुडोले शहरवासीलाई सबैभन्दा बढी भुलाएको । मोबाइल चलाउँदा–चलाउँदा वाक्क हुँदा होस वा टीभी हेर्दा हेर्दा दिक्क हुँदा । सुत्दा–सुत्दा जिउ दुखोस् वा बार्दलीबाट बाहिर हेर्दा–हेर्दा आँखा टट्याओस् । सबैको ओखती लुडो

धुम्बाराही बस्ने रामेश्वर अधिकारीको परिवार बेलुका खाना खानासाथ वरिपरि भेला हुन्छन् । घरसल्लाह गर्नलाई वा सुख–दुःख साटासाट गर्नलाई होइन, लुडो खेल्नलाई । हरेक रात सय रुपैयाँ बाजीमा ३–४ राउन्ड लुडो खेल्ने बानी बसेको रामेश्वर बताउँछन् ।

‘लकडाउनमा लागेको बानी अहिले पनि हटेको छैन, पहिले टाइम पासका लागि खेलियो, अहिले लत बस्यो,’ उनले भने, ‘बरु फुर्सद भए आउनुस, न एक राउन्ड भिडौं ।’

अमेरिकादेखि सुडानसम्म

लुडोमा दुई प्रकारका खेल हुन्छन् । एउटा सर्प र भर्‍याङवाला । अर्को चारकुने । सर्प–भर्‍याङवाला लुडो त्यति चलेको छैन । अर्को चारकोठे लुडोचाहिँ अति प्रख्यात छ ।

लुडोका थुप्रै एपहरु गुगल प्ले स्टोरमा भेटिन्छन् । त्यसमध्ये नेपालमा सबैभन्दा चलेको एपचाहिँ नेपालीले नै बनाएका हुन् । जीवन श्रेष्ठ नाम गरेका युवाले डेभलप गरेको एप अहिलेसम्म १ करोडभन्दा बढी डाउनलोड भएको छ । यो एप मोबाइलमा डाउनलोड गरेर अफलाइनमा खेल्ने गरिन्छ ।

अनलाइनमै खेलिने लुडोका एपहरु थुप्रै छन् । यीमध्ये धेरै एप भारतीयहरुले बनाएका हुन् । भारतीयले बनाएको ‘लुडो किङ’ अहिलेसम्म ३५ करोडभन्दा बढी पटक डाउनलोड भएको छ । यो एप सन् २०१६ को जनवरीमा पटनाका विकास जयसवालले डेभलप गरेका थिए ।

नेपाल र भारतसहित दक्षिण एसियाली देशहरुमा लुडो लोकप्रिय छ । यसका अलावा अमेरिकादेखि ब्राजिल र सुडानसम्म लुडो खेलिन्छ । कतिपय स्थानमा यसलाई फरक नामले चिनिन्छ । जस्तो नर्थ अमेरेिकामा ‘पर्चिसी’ भन्ने गरिन्छ ।

नेपालमा अनलाइन गेम

नेपालमा इन्टरनेटको व्यापकतासँगै अनलाइन गेमले पनि व्यापकता पाइरहेको छ । खासगरी बालबालिका र टिनएजका केटाहरु अनलाइन गेममा धेरै भुलिन्छन् । केटीहरुले यस्ता खेलमा त्यति रुचि राख्दैनन् । केटीहरुका लागि टिकटक छँदैछ ।

निस्सन्देह अहिले नेपालमा सबैभन्दा चर्चित अनलाइन गेम लुडो नै हो । त्यसपछि आउँछ पब्जी । यो विश्वव्यापीरुपमै युवाहरुमा लोकप्रिय अनलाइन गेम हो । जति लोकप्रिय छ त्यति विवादमै पनि छ । बच्चाहरुलाई ‘साइको’ बनाएको भनेर विभिन्न देशले पब्जीलाई प्रतिवन्धित गरेका छन् । नेपालमा पनि गत वर्ष पब्जीमा प्रतिवन्ध लगाइएको थियो । तर, अदालतले प्रतिबन्ध फुकुवा गरिदियो ।

नेपालमा एक समय सर्वाधिक लोकप्रिय रहेको क्यान्डी क्रस अहिले पनि लोप भइसकेको छैन । यो गेम पनि किशोर–किशोरीबाट फैलिएर गृहणीसम्म पुगेको थियो । अहिले क्यान्डी क्रस केही सेलाए पनि नेपालमा खेलिनेमा टप ५ मा नै पर्छ । यसैगरी, लकडाउनयता अनलाइन क्यारेम बोर्डको पनि लोकप्रियता बढेको छ ।

त्यसबाहेक फ्रि फायर, क्ल्यास अफ क्लान्स र कोइनमास्टर नेपालमा अत्यधिक चर्चित छन् । यी सबै एपहरु विदेशबाट भित्रिएका हुन् । एन्ड्रोइड एप डेभलपर सौरभ घिमिरेका अनुसार अनलाइन बसेर गेम खेलिँदा गुगलमार्फत आउने विज्ञापनको पैसा डेभलपरले पाउने गर्छन् । मोबाइलमा डाउनलोड गरेर अफलाइनमा खेलिँदा चाहिँ उनीहरुले केही पाउँदैनन् । प्लेस्टोरमा २५ डलर तिरेर अकाउन्ट खोलेपछि जोकसैले आफ्नो एपलाई त्यसमा समावेश गर्न सक्छन् ।

अनलाइन गेमहरुको बढ्दो लोकप्रियतालाई हेरेर सामाजिक सञ्जाल फेसबुकले एन्ड्रोइड प्रयोगकर्ताका लागि नयाँ गेमिङ एप लन्च गरेको छ । यसलाई ‘फेसबुक गेमिङ’ नाम दिइएको छ । यो गूगल प्लेस्टोरमा पनि उपलब्ध छ ।

अनलाइन गेम तथा भिडियो गेमहरुले बच्चाहरुलाई गर्ने मानसिक असरको विषयमा विश्वव्यापीरुपमै बहस हुँदै आएको छ । यस्ता गेमहरुको लत बसेमा बच्चाहरुमा विभिन्न नकारात्मक पर्ने विज्ञहरु बताउँछन् । उनीहरु एकोहोरो बन्ने, पढाइमा ध्यान नदिने कोहीकोही डिप्रेसनमै पनि पुग्ने गरेका छन् । लुडोकै विषयमा मात्र यस्तो कुनै अध्ययन भएको छैन । तर, अन्य अनलाइन गेमजस्तै लुडोको पनि नकारात्मक असर भइ नै हाल्छ ।

मङ्गलबार, भदौ ०२, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एकहोरो हेराइ खै कता छ (गजल)
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
डोरेमिफा किड्स सिङ्गिङ प्रतियोगिता-२ मा कोरस तामाङ विजेता

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.