सुर्खेत
साउन ३२
कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिका ७ उच्छवको दुदुली खोलाले बगाउँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ ।
शनिबार बेलुका ६ बजेतिर दिदीको घरमा भेटघाटमा जानको लागि खोला तर्ने क्रममा एकै परिवारका चार जनाको खोलामा बगेर मृत्यु भएको हो ।
अछामबाट माल्कोट माइती आएकी ३३ वर्षीया देवा बोहोरा, उनकी १४ वर्षीया छोरी बिपना बोहोरा, ७ वर्षीय छोरा हेमन्त बोहोरा र १ वर्षीय छोरी आकृति बोहोराको दुदुली खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कालिकोटका प्रमुख डियसपी श्यामबाबु ओलियाले समचार दैनिकलाई जानकारी दिए ।
जिल्ला प्रहरी प्रमुख डियसपी ओलियाका अनुसार मालकोटको उच्छवबाट दिदीलाई भेट्न जान लागेका उनीहरुलाई दुदुली खोलाले बगाएको थियो । उनीहरु सबैको शव फेला परिसकेको छ । भारी वर्षासँ्रगै खोलामा पानीको बहाव बढेकाले जगार तर्दा उनीहरु बगेका हुन् ।
