• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

आखिर को हुन् ‘विनोद’, कसरी आए सामाजिक सञ्जालको ट्रेण्डिङमा ?

काठमाडौं । ट्वीटर लगायतका सामाजिक सञ्जालमा पछिल्ला केही दिनयता ‘विनोद’ ट्रेण्डिङमा छ । अब तपाईंलाई लाग्न सक्छ, विनोद पनि कुनै ट्रेण्डिङमा आउनुपर्ने विषय हो ?

तर केही दिनयता यो शब्द ट्वीटरमा टप ट्रेण्डिङको लिस्टमा छ । #Binod (ह्यास ट्याग विनोदमा) अहिलेसम्म दशौं हजार ट्वीट भइसकेका छन् । अहिले यसको चर्चा सबैतिर छाएको छ ।

प्रशिद्ध कम्पनीहरु पनि अब यही ट्रेण्डिङलाई उपयोग गर्दै आफ्ना पोस्टहरु शेयर गरिरहेका छन् । ट्वीटर र फेसबुकमा विनोदसँग जोडेर अनेकौं मिम्सहरु आइरहेका छन् ।

अहिले यो शब्द सोसल मिडिया पोस्ट, मिम्स तथा कुनै पनि पोस्टको कमेन्ट सेक्सनमा जताततै देखा परिरहेको छ । तर तपाईं हामी मध्ये कतिपयलाई थाहा छैन कि आखिर यो ट्रेण्डिङमा रहेको ‘विनोद’ को हो र एकाएक कसरी ट्रेण्डिङमा आयो ?

विनोदको पुरा नाम हो विनोद थारु । जसको एउटा युट्युव च्यानल छ, तर त्यसमा कुनै भिडियो भने छैन । उनको युट्युव गतिविधि पनि सीमित छ । उनी अरुको भिडियोमा गएर आफ्नो नाम ‘विनोद’ लेख्छन् ।

हालसालै स्ले पोइन्ट नामक युट्युव च्यानलले एउटा भिडियो बनायो । जसमा युट्युव च्यानलहरुमा आउने कमेन्टहरु कति अर्थहीन हुनसक्छन् भन्ने विषयमा रोस्ट गरिएको थियो । भिडियोमा देखिने अनुहार अभ्युदय मोहन र गौतमी कवालेको ध्यान युट्यव च्यानलको एउटा कमेन्टमा जान्छ ।

त्यो कमेन्ट अरु केही नभएर एउटा नाम ‘विनोद’ लेखिएको थियो । एकाएक उनीहरुले बनाएको भिडियो भाइरल भयो । अनि सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले नै सोसल मिडिया पोस्ट र कमेन्टमा ‘विनोद’ लेख्दै यसलाई ट्रेण्डिङमा पुर्‍याइदिए ।

यसरी ह्यास ट्याग विनोद लेखिएका पोस्ट तथा कमेन्टको बाढी नै आउन सुरु भयो र यो नाम नै ट्रेण्डिङ बन्यो । यसरी एकाएक विनोद भाइरल हुन कुनै समय नै लागेन ।

यो शब्द यति धेरै भाइरल भयो कि स्वीग्गी, टिण्डर, नेटफ्लिक्स, पेटीएम जस्ता ब्राण्डहरु समेत यही भाइरल नामसँग जोडेर पोस्ट गर्न थाले ।

यस्तैमा गब्बरसिँह नामका एकजना ट्वीटर प्रयोगकर्ता फिनटेक स्टार्टअप कम्पनी पेटीएमलाई ट्वीटरको युजर नेम परिवर्तन गरेर विनोद राख्न सक्नुहुन्छ भन्दै प्रश्न गर्छन् । पेटीएमले क्षणभरमै अनुरोध स्वीकार गर्दै तत्कालै आफ्नो युजर नेम नै विनोद राखिदिन्छ ।

प्रशिद्ध स्ट्रिमिङ प्लेटफर्महरु डिज्ने प्लस हटस्टार पनि यो नामसँग जोडेर मिम्स राख्न थाल्यो ।

खाना अर्डर गर्न मिल्ने एप स्वीग्गी आफ्नो वार्षिकोत्सव मनाइरहेको थियो । अनि उसले ट्वीट गर्‍यो, ‘हामी सोचिरहेका छौं हामीलाई आज राती १२ बजे कल गरेर शुभकामना दिने पहिलो व्यक्ति विनोद हुनेछ ।’

यस्तैमा नेटफ्लिक्स इण्डियाले पछिल्लो एक वर्षदेखि आफ्ना हरेक ट्वीटमा कमेन्ट गर्ने पात्र भन्दै अर्मानको प्रसंसामा ट्वीट लेख्यो । एयरटेल इण्डियाले आफ्ना फलोअरलाई हरेक कल रिसिभ गर्दा ‘अँ विनोद भन’ बाट कुरा सुरु गर्न र प्राप्त हुने प्रतिक्रियालाई कमेन्ट गर्न आग्रह गर्दै भन्दै ट्वीट गर्‍यो ।

अमेजन प्राइम भिडियो इन्डिया पनि यही ट्रेण्डिङमा जोडियो । यति मात्र होइन, मुम्बई पुलिस समेत यसैमा होमियो । विनोदसँग जोड्दै अनलाइन सुरक्षा सम्बन्धी सचेतना फैलाउँदै उसले ट्वीट लेख्यो, ‘डियर विनोद हामी आशा गर्छौं, तिम्रो नाम तिम्रो अनलाइन पासवर्ड होइन ।

अहिले यो निकै भाइरल भइरहेको छ, पासवर्ड तुरुन्तै परिवर्तन गरिहाल्नुहोस् है !’ नागपुर सीटी पुलिसले विनोद ‘तिमी भाइरल भए पनि तिम्रो सुरक्षा महत्वपूर्ण छ, तिमीभन्दा कोरोना नै बढी चर्चामा छ, त्यसैले स्टे होम, स्टे सेफ’ भन्दै ट्वीट गर्‍यो ।

यसैगरी अनेक ब्राण्ड, सेलिब्रिटी, प्रहरी सबैले विनोद ह्यासट्यागमा पोस्टहरु गर्दै गए । भारतको यो ट्रेण्ड क्रमशः नेपाल समेत छिर्‍यो ।

नेपाली ब्राण्ड तथा प्रयोगकर्ताहरुले समेत यो शब्दको भरपुर प्रयोग गरेर रमाइलो गरिरहेका छन् ।

Image
ह्यासट्याग विनोदमा बनाइएको एउटा मिम्स

यसरी कोरोनाको महामारीले एक प्रकारको तनावमा रहेका प्रयोगकर्ताले एउटा अर्थहीन कमेन्टलाई अर्थपूर्ण सन्देश प्रवाह र मनोरञ्जनको गतिलो माध्यमको बनाए ।

मङ्गलबार, साउन २७, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एकहोरो हेराइ खै कता छ (गजल)
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
डोरेमिफा किड्स सिङ्गिङ प्रतियोगिता-२ मा कोरस तामाङ विजेता

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.