धनगढी, १५ साउन- तिज गीत ठोक मादल अहिले सांगितिक बजारमा चर्चा लिएको छ । धिताल फिल्मस्को व्यानरमा निर्माण भएको गीतको म्युजिक भिडियो सार्वजनिक भएको उक्त गित एक सातामै सबै तिर चार्चा पाउन थालेको नृत्य निर्देशक राज पाठकले जानकारी दिए ।
वुद्धवीर गोर्खालीको शब्द रहेको ठोक मादल गीतमा प्रकाश परियार र अनुषा राम्जालीको स्वर रहेको छ । ‘यो गितमा निकै मेहनत गरिएको छ’ गायक प्रकाश परियारले भने–‘स्रोताको रेस्पोन्सले थप हौसला बढाएको छ ।’
दुर्गेस सुनार, चम्पा वडु, स्टार कठायत, उषा किरण ज्योतीको अभिनय रहेको तिज गीतलाई राज पाठकले निर्देशन गरेका हुन् । धनगढीमा गीतको म्युजिक भिडियो सुटिङ गरिएको हो । प्रकाश नागरीले छायाँकन गरेको गीतको म्युजिक भिडियोलाई सम्पादन रोशन धितालले गरेका हुन् भने सागर रोकायाको युट्युबबाट सार्वजनिक गरिएको छ ।
यो गितको म्युजिक भिडियो हेर्न यहा Click गर्नुहोस् ।
