एजेन्सी । एक वैश्विक मोडलको हिसाबले आगामी २० वर्षमा विश्वभर हामी प्लास्टिकको गम्भिर समस्याबाट गुज्रिरहेका हुनेछौ । जर्नल साइन्समा छोपिएको एक रिपोर्ट अनुसार, प्लास्टिक व्यवस्थापनबारे समयमै कदम नउठाए सन् १०१४ सम्मा करिब १।३ अर्ब टन प्लास्टिक पृथ्वीमा हुनेछ । यस अध्ययनका युनिभर्सिटी अफ लिड्सका डा. कोस्टास भेलिसका अनुसार प्लास्टिकको प्रयोगकको आंकडा भयानक छ, तर यस चुनौतीको सामना गर्नका लागि हामीसँग प्रविधि र अवसर दुवै छ ।
‘आगामी २० वर्षमा विश्वको तस्विर कस्तो हुनसक्छ भन्ने बारेमा यो पहिलो व्यापक आंकलन हो । यति ठूलो आंकलन गर्नु निक्कै गाह्रो काम हो,’ उनले भनिन्, ‘यदि तपाई उक्त प्लास्टिक९१।३ अर्ब टन०लाई समतल सतहमा ओछ्याउन थाल्नुभयो भने त्यो पुरै बेलायतको क्षेत्रफलको १।५ गुण बढीसम्म ढाक्न सक्छ ।’ उनका अनुसार यसको अनुमान लगाउन निक्कै जटिल छ किनकि प्लास्टिक विश्वको हरेक कुनामा उत्पादन र उपलब्ध छ । यसको प्रयोग कसरी गरिनुपर्छ र यसको सामना कसरी गरिनुपर्छ भन्ने सजिलो काम होइन ।
भविष्यमा प्लास्टिक प्रदुशषणको समस्याको अनुमान लगाउन यस अध्ययन टोलीले एक मोडल तयार पारेका छन् । उक्त मोडलमा अध्ययनकर्ताहरुले फरक–फरक परिवर्तनका कारण यस आंकडामा कतिसम्म असर पर्न सक्छ भन्नेबारेमा चर्चा गरेका छन् । उनीहरुले रिसाइक्लिन९पुनः प्रयोग योग्य बनाउनु०मा बढोत्तरी, उत्पादनमा कमी आउने र प्लास्टिकको ठाउँमा अन्य चीजको प्रयोग गर्ने आधारमा आफ्नो मोडलमा परिवर्तन पनि गरेका छन् । यस अध्ययनको सहयोगी संस्था अमेरिकी प्यू च्यारिटेबल ट्रस्टकी भिनी लाउले भन्छिन्, ‘हरेक सम्भावित समाधानलाई व्यवहारमा ल्याउन अत्यन्तै आवश्यक भएको छ ।
यदि यसो गरियो भने हामी सन् २०४० सम्म समुन्द्रमा जाने प्लास्टिकको मात्रालाई ८० प्रतिशतसम्म घटाउन सक्छौँ । ’ प्लास्टिकको समस्यालाई समाधान गर्नका लागि कुनै ठोस उपाय अहिलेसम्म लागू भएको छैन । एक अध्ययनले ग्लोबल साउथ विशेषरी अफ्रिकी, ल्याटिन अमेरिकी तथा एसियाली विकाशोन्मूख देशहरुका करिब २ अर्ब मानिससँग फोहोर व्यवस्थापनको सुविधा उपलब्ध छैन । डो। भेलिस भन्छन्, ‘उनीहरुले फोहोरलाई कि त जलाउँछन् कि त कतै फ्याक्छन् ।
फोहर व्यावस्थाप तथा पुन प्रयोग योग्य बनाउने अधिकारीहरुलाई लिएर कोही प्रसंशाा गर्दैनन् । यस्ता अधिकारीहरुलाई सहयोग र सहयोगका लागि नीतिहरु बनाउँनुपर्छ ।’
