• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

हवाई उडानको टुङ्गो नलागेपछि सन्दीपले सीपीएल खेल्नेबारे अन्योल

काठमाण्डौ – नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्नेबारे अन्योल भएको छ ।

सन्दीपले सीपीएल खेल्नका लागि अबको एक हप्ताभित्र ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्ने छ । यसका लागि अहिलेसम्म उहाँको हवाई उडानको कुनै टुङ्गो लाग्न सकेको छैन ।

हवाई उडानको टुङ्गो लाग्न नसक्दा सन्दीपले सीपीएल खेल्न पाउनेबारे एकिन हुन नसकेको उनका व्यवस्थापक रमन सिवाकोटीले बताउनुभयो । ‘ट्रिनिडाड एण्ड टोबागो कसरी पुग्ने भन्नेबारे सोच्नै सकिएको छैन’, उहाँले भन्नुभयो(‘सीपीएल खेल्नका लागि सन्दीप साउन १७ गतेसम्म पुगिसक्नु पर्ने हुन्छ’।

सरकारले गएको बुधबार बन्दाबन्दीको अन्त्य गरे पनि अन्तर्राष्ट्रिय हवाई उडान भने कोरोना भाइरसको कारण आउँदो भदौ १ गतेदेखि मात्र खोल्ने निर्णय गरेको छ । सरकारको यो निर्णयका कारण सन्दीपलाई क्रिकेट खेल्नका लागि विदेश जान समस्या भएको हो । ‘सन्दीप टोबागो कसरी पुग्ने भन्नेबारे विभिन्न निकायसित सल्लाह गरिरहेका छौँ’ व्यवस्थापक सिवाकोटीले भन्नुभयो । सरकारले हवाई यात्राका लागि पहल गरिदिए सन्दीपले सीपीएल खेल्ने सम्भावना रहेको सिवाकोटी बताउँहुन्छ ।

‘सन्दीपको व्यक्तिगत पहलले टोबागो पुग्न सक्ने अवस्था छैन’, उहाँले भन्नुभयो, ‘त्यहाँ पुग्ने सरकारको सहयोगबाहेक अरु कुनै उपाय छैन’ । सन्दीपको टोबागो यात्राबारे आज पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयलगायत सरकारी निकायसित आवश्यक सहयोगका लागि अनुरोध गर्ने सिवाकोटीले बताउनुभयो ।

सरकारको सहयोगले एउटा नेपाली खेलाडी विदेशमा खेल्न सक्ने र खेलका माध्यमले विदेशमा नेपालको इज्जत र प्रतिष्ठा बढ्ने उहाँको बुझाइ छ । एक हप्ताभित्र सन्दीप टोबागो पुग्न नसके उनले सीपीएल गुमाउनुपर्ने अवस्था आउनेछ । ‘ उता पुगिसकेपछि पनि १४ दिन क्वरेण्टीनमा बस्नुपर्ने हुन्छ’ सिवाकोटीले भन्नुभयो, ‘हामीसित समय निकै कम छ, सरकारले आजभोलिमै पहल गरिदिए सन्दीपले सीपीएल खेल्ने सम्भावना रहन्छ ।’

सन्दीप यस यामको सीपीएलका लागि जमैका तल्लावाहजबाट अनुबन्धित भइसकेका छन् । उनलाई जमैकाले एक लाख ३० हजार अमेरिकी डलर ९एक करोड ५६ लाख रुपैयाँ० मा अनुबन्ध गरेको हो । उनी त्यो टिमको मार्की खेलाडी हुन् । सन्दीपले यसअघि पहिलो र दोस्रो संस्करणको सीपीएल खेलिसकेका छन् ।

सीपीएल आउँदो भदौ २ गतेदेखि भदौ २५ गतेसम्म चल्ने छ । सीपीएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन् ।

सीपीएलमा कुल ३३ खेल हुने छन् । कारोना भाइरसका कारण ती सबै खेल बिना दर्शक खेलाइने छन् । सन्दीप तेस्रो पटक सीपीएल खेल्ने तयारीमा छन् । उनले यसअघि सन् २०१८ मा पहिलोपटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट खेलेका थिए । त्यसका लागि उनलाई पाँच हजार अमेरिकी डलर पारिश्रमिक दिइएको थियो ।

उनले यो प्रतियोगितामा पाँच खेलमा सात विकेट लिएका थिए । यस्तै दोस्रो पटक सीपीएल सन्दीपले सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । उनले छ खेलमा आठ विकेट लिएका थिए। सन्दीपले गएको वर्ष ७० हजार अमेरिकी डलर पारिश्रमिक प्राप्त गरेका थिए ।

यस वर्षको सीपीएलका लागि १९ वर्षीय सन्दीपले आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोके पनि एक लाख ३० हजार डलर दिने सम्झौता भएको छ । यस पटकको सीपीएलका लागि २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए ।

 

आइतबार, साउन ११, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.