कैलाली : बिहीबार ‘मायालु तिमि कता छौँ –२’ गीत सार्वजनिक गरेकी गायिका स्मिता दाहाललाई एघार महिना अगाडी मायालु तिमि कता छौ बोलको गीत बजारमा ल्याउँदा गीतले यति धेरै चर्चा पाउला भन्ने लागेकै थिएन ।
तर गीतले यत्ति धेरै चर्चा कमायो कि बच्चादेखि बद्धसम्मले गीत मन पराए युटुवमा २ करोड १६ लाख भन्दा बढी पटक हेरिएको छ यो दर्शक प्रेमले उनलाई मायालु तिमि कता छौ को सिक्वेल निकाल्न उत्प्रेरणा मिल्यो । र गीत बजारमा ल्याएको एघार महिना पछि गीतको सिक्वेल‘मायालु तिमि कता छौँ–२’ बिहीबार देखी आफ्ना दर्शक श्रोताका लागी बजारमा समर्पण गरेकी छिन ।
गज्जब टिभीको युट्युब च्यानल मार्फत बिहीबार दिउँसो भिडियो सार्वजनिक भएको उक्त गीतमा गायिका दाहाल लाई चलचित्र पार्श्वगायन अत्यधिक व्यस्त रहेका गायक राजनराज सिवाकोटीले साथ दिएका छन् । गीतमा शब्द दिनेश थपलियाको छ भने सङ्गीत गायक सिवाकोटीकै रहेको छ ।
भिडियो मा चर्चित अभिनेता तथा मोडल पल शाह र अभिनेत्री स्वस्तिमा खड्काको अभिनय रहेको छ । भिडियो कोरिेयोग्राफी विक्रम सवारको रहेको छ भने भिडियो निर्देशन सरोज ओलीले गरेका छन् ।