काठमाडौं । अभिनेत्री प्रियंका र आयुष्मान अभिनित फिल्म ‘चंगा चैट’ युट्युबमा सार्वजनिक भएको छ । मंगलबार राती सार्वजनि भएको फिल्म युट्युब ट्रेण्डिङमा छ ।
माधव वाग्ले र शर्मिला पाण्डेले संयुक्त रुपमा निर्माण भएको फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । फिल्ममा अभिनत्री प्रियंकाका अलवा आयुष्मान देशराज जोशी, रविन्द्र झा, सन्दीप क्षेत्री, अर्पण थापा, परमिता राणा, सुरक्षा पन्त लगायतका कलाकारको अभिनय रहेको छ ।