काठमाडौं । गायक पशुपति शर्माको आवाजमा रहेको तीज गीत ‘चट्ट लोकल कुखुरा’ सार्वजनिक भएको छ । शर्माले आफ्नै युट्युब च्यानलमा मंगलबार उक्त गीत सार्वजनिक गरेका हुन् ।
गीतमा आवाज गायक शर्मा र गायिका सीता श्रेष्ठको रहेका छ । शब्द तथा संगीत गायक शर्माकै रहेको छ भने संगीत संयोजन केशब बाबुले गरेका छन् । भिडियोमा गायक शर्मा , निरु खड्का , निर आले मगर,मालती घले अस्मिता राना लगायत कलाकारको अभिनय रहेको छ । भिडियो निर्देशन दुर्गा पौडेलले गरेका छन् ।
