काठमाडौं । दिवंगत अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा सुशान्त र सन्जना सांघीको मूख्य अभिनय रहेको छ ।
मुकेश छाबडाको निर्देशनमा बनेको यस फिल्मको रिलिज मितिपनि घोषणा गरिएको छ । यस फिल्मको रिलिज जुलाई २४ मा गरिने बताइएको छ । यो फिल्म हलमा नभई ओटीटी प्लेटफर्ममा रिलिज हुन लागेको हो ।
डिज्नी हटस्टारमा रिलिज हुने ‘दिल बेचारा’ निःशुल्क हेर्न पाइने भारतिय मिडियामा बताइएको छ ।