डडेल्धुरा : डडेल्धुरा अस्पतालमा पानीको फोकासहित बच्चाको जन्म भएको छ। इन काउल बर्थु भनिने यस्तो घटना प्रसूति प्रकृयामा निकै दुर्लभ मानिन्छ। डडेल्धुरा अस्पतालका प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर राजन शाहले शल्यक्रियामार्फत सो प्रसूति गराउने क्रममा ुइन काउल बर्थु भएको हो।
डोटीको दिपायल सिलगढी नगरपालिकाकी २८ वर्षीया माया बोहराले शनिबार जुम्ल्याहा सन्तान (छोरा) लाई जन्म दिएकी हुन्। जुम्ल्याहा मध्ये दोस्रोपटक निकालिएका बच्चा पानीको थैलीसहित जन्मिएको डाक्टर शाहले जानकारी दिएका छन्। बच्चाको तौल २।६ किलोग्राम रहेको छ।

संसारमै दुर्लभ मानिने इन काउल बर्थु गराएका डडेल्धुरा अस्पतालका प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर राजन शाह ।
डाक्टर शाहका अनुसार अनुसार यस्तो घटना ८० हजार जन्ममा एउटा हुने गर्दछ। सबै बच्चा गर्भमा रहँदा पानीको थैलीमा हुने गरेपनि जन्मिने क्रममा प्रायः यो थैली आफैँ फुट्ने गर्दछ। तर चिकित्सकले ती बच्चालाई पानीको थैलीसहित बाहिर निकालेका हुन्। थैलीसहित त्यहाँका चिकित्सकले बच्चालाई सकुशल थैलीबाट बाहिर निकालेका थिए।
परम्परागत विश्वासलाई मान्ने हो भने यसरी जन्मेको बच्चा आत्मिक र जादुगर हुन्छन्, साथै बच्चा र आमा बुवा दुवैका लागि शुभ संकेतको रुपमा हेरिन्छ,ु डाक्टर शाहले भने, इन काउलसँगै जन्मेको बच्चा दुर्लभ हुन्छन् र यस्तो जन्म विरलै हुन्छ।ु स्वास्थकर्मी वा चिकित्सकले पनि आफ्नो जीवनभर यस्तो जन्म मुस्किलले मात्र देख्न पाउने शाहले बताए।
उनले भने, यदि बच्चा पानीको बेलुनभित्र अर्थात् इन काउलसँगै जन्मेको छ भने आफूलाई भाग्यमानी ठान्नुपर्ने हुन्छ, सफलतापूर्वक शल्यक्रिया गरी यस्तो दुर्लभ प्रसूति गर्न पाएकोमा म आफैंलाई भाग्यमानी ठान्छु। अस्पतालका अनुसार अहिले बच्चा र आमाको अवस्था सामान्य छ।