विवशकुमार सेजुवाल
सुर्खेत ।
विश्वमा नै महामारीको रुपमा फैलिएको नोभेल कोरोना भाइरस (कोभिड–१९) नेपालमा संक्रमण देखिसकेपछि कर्णाली प्रदेशमा कुनै पनि समयमा यसले महामारीको रुप लिन सक्छ भन्नेमा डाक्टर इन्द्र थापा विश्वस्थ थिए । किन की कर्णालीका अधिकांस जिल्लाको रोजगारको गन्तव्य भनेको नै छिमेकी मुलुक भारत थियो । त्यो बेला भारतमा कोरोना भाइरस समुदाय स्तरमा फैलिसकेको हुनाले र कर्णालीका नागरिक कर्णालीमा आउने क्रम जारी रहेको हुनाले कोरोना विरुद्ध नजिकबाट लड्नु पर्छ भन्नेमा उनि मानसिक रुपमा तयारी अबस्थामा थिए ।
२०७६ सालमा चीनबाट एम.बि.बि.एस सकाएर बाकेँ नेपालगञ्जमा काम गर्नको लागि तयारी अबस्थामा रहेका डाक्टर इन्द्र थापा दाजु सुर्य बिक्रम थापाका कारण गृह जिल्ला सुर्खेतमा काम गर्नको लागि आइपुगे । उनि सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ का स्थाई बासिन्दा हुन् । कर्णाली प्रदेश अस्पतालमा अहिले करार नियुक्तिमा काम गरिरहेका डाक्टर थापा कर्णालीको कुनै पनि विकट बस्तीमा काम गर्न चाहन्थे तर समयले त्यो अबसर जुराएको थिएन । विश्वभरी नै महाकारीको रुपमा फैलिएको (कोभिड– १९) कोरोना भाइरस रोकथामका लागि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको निर्देशनमा ५० दिन देखि उनि अहिले सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा खटिरहेका छन् ।
आमा बाबाको मन जितेर काम गरिरहेको छु
जब छिमेकी मुलुक भारतबाट कर्णालीका नागरिक आउने क्रम बढ्यो त्यहि समयमा उनि सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा कार्यक्षत्र लिएर गए । त्यो समयमा सल्यान जिल्लाको सबैभन्दा बढि कोरोना भाइरस संक्रमित हुने स्थानीय तहमा बनगाड कुपिण्डे नगरपालिका थियो । त्यो खबर घरमा आमा,बाबाले थाहा पाउनु भयो । मलाई फोन गरेर गा¥हो छ भने नजानु पनि भन्नु भएको थियो । ‘डाक्टर थापा भन्छन्,’ ‘मेरो मनले मानेन मैले सोचे यो संकटको बेला मैले नै नागरिकको सेवा गर्न सकिन भने मैले डाक्टर पढेको के काम ? आमा, बाबालाई सम्झाए यस्तो बेला सेवा नगरे कहिले गर्न सकिन्छ र ! यस्तै महामारी रोग सँग लड्न नसकेका नागरिकको जीवन बचाउनु मेरो कर्तव्य हो भन्ने कुरा सम्झाए अनि उहाँहरुले मलाई काममा निरन्तर लाग्नको लागि प्रेरणा दिन थाल्नु भयो,।’ यतिका समय सम्म यो महाकारीको बेला म घर भन्दा बाहिर हुदा पनि घरबाट आमा, बाबा, र दाईले सकरात्मक कुरा गरेर प्रेरणा दिई राख्नु भएको छ मलाई काम गर्नमा हौसला जागेको छ ।
बोलेको बचन पूरा गर्न नसक्दा नरमाइलो लाग्यो
डाक्टर इन्द्र थापाको अहिले जिम्मा बनगाड नगरपालिका वडा नं. १ देखि १२ सम्मको छ यहाँ अहिले पनि भारतबाट आउने क्रम रोकिएको छैन । शुरुमा सामाजिक विकास मन्त्रालयको चिठि लिएर सम्बन्धित स्थानीय तहमा जादा उनि अगाडि पुगे उनलाई काजमा खठाएको चिठि पछि पुग्यो उनलाई त्यो समयमा आफ्नो परिचय आफै दिनु प¥यो । उनले सामाजिक विकास मन्त्रालयबाट कोरोना रोकथामको लागि आफु आएको भन्ने बारे स्थानीय जनप्रतिनिधि र कर्मचारीलाई जानकारी दिदा सुरुमा डाक्टर किन चाहियो र ? भने जस्तो त्याहाँका स्थानीयहरुको मनसाय थियो, पछि उनिहरुले पनि सहयोग गरको उनि बताउछन् ।
‘सुरुका दिनमा ५० देखि १०० जनाको हाराहारीमा आउने गरेको भए पनि पछि त एकै दिनमा ७०० जना सम्म पनि आउन थाले । मैले नरपालिकालाई भनेर किड मगाए र पिसिआर चेक गराएर घर पठाउने गरेको छु,’ ‘डाक्टर थापा भन्छन् ,’ ‘कर्णाली प्रदेश अस्पतालमा सम्भब भए यता यता सम्भब नभए दाङ्ग पनि पठाएर चेक गर्दै नेगटिभ आएकाहरुलाई घर पठाउने गरेको छु,।’
‘नगरपालिकाको लाहाकारको क्वारेन्टाइनमा बसेकाहरुलाई एक हप्तामा नै पिसिआर रिर्पोट दिन्छु भनेको थिए, तर प्रदेश अस्पतालको मेसिन विग्रिएको हुनाले भनेको समयमा रिर्पोट दिन नसक्दा नरमाइलो महसुुस् भयो, त्यहाँ बाट पछि ७० जना भागे त्यो बेलाको जस्तो नरमाइलो कहिल्यै भएन ।
पछिल्लो समय १४ दिन क्वारेन्टाइनमा राखेर घर पठाउने गरिएको भए पनि केहि ठाउँको रिर्पोट आउनको लागि समय लागेको हुनाले केहि समस्या भएको छ । नगरपालिकाको एउटा क्वारेन्टाइनमा आर.डि.टि. गरेको एक हप्ता पछि पिसिआर लिनको लागि गएको बेला त्याहाँका स्थानीयहरुले आफुलाई १ घण्टा जति टचरमा राखेको उनले बताए ।
सम्बन्धित निकायले मेरो बारेमा खवर नगर्दा दुःख लागेको छ
‘फिल्डमा खटिएको १ महिना २० दिन जति पुग्न थाल्यो यहाँ फिल्डमा खटिन कत्तिको जोखिम छ भन्ने कुरा यहाँ आएपछि मात्रै थाहाँ हुन्छ, ‘डाक्टर थापा भन्छन्’ यत्तिका समय सम्म तेरो स्वास्थ्य अबस्था कस्तो छ कसैले पनि सोधेको छैन । तिमि फिल्डमा खटिएका छौ तिम्रो पिसिआर चेक गरायौ कि नाई भनेर कसैले पनि सोधेको छैन । यो बेला सा¥है मन दुखेर खाउछ ।
सरकारले खटाएपछि त काम गर्ने हो गरिहेका पनि छौ तर यस्तो अबस्थामा एक पटक सोधिदिएको भए अझ काम गर्नमा प्रेरणा मिल्थ्यो हस्पिटल सामाजिक विकास मन्त्रालयले अहिले सम्म वास्ता गरेको जस्तो लागेको छैन ।
बनगाड कुपिण्डे नगरपालिकामा २७०० सय जना अहिले सम्म भित्रिएका छन् ।
परिवारको सहयोगले डर सबै हरायो डा. अस्मीता भट्टराई
सुर्खेतको पश्चिम क्षेत्र चिङ्गगाड गाउँपालिका औलचिङ्गमा कोभिड बिरुद्धको लडाईको नेतृत्व समालिरहेकी डाक्टर अस्मीता भट्टराई बैशाख २९ गते देखि फिल्डमै छिन् ।
आफु जादा कोभिड विरुद्धको तयारी न्युन रहेको सो गाउँपालिकामा उनले सबै नेतृत्व आफैले समालेर आफ्नो जिम्मेवारीमा काम गरिहेको उनि बताउछिन् ।
‘अलि अलि केहि मनमा त्रास थियो, तर बाबा र आमाको प्र्रेरणाले त्यो डरलाई जितेर म आफ्नो जिम्मेवारी पुरा गर्नको लागि यो गाउँपालिका आएको हो, ‘उनले भनिन् ,’ ‘यो बेला हामी फ्रन्ट लाइनमा नगएर को जान्छ त्यसैले सबैलाई कोभिडका बारेमा सकरात्मक शिक्षा दिएर काम गरिहेकी छु,।’
यसरी काम गरिरहदा आफ्नो कर्म प्रति गर्व लाग्ने गरेको उनि बताउछिन् । अहिले सबै कोरोना भाइरस देखि डराएर घरबाट बाहिर नआउने परिस्थिति छ तर हामि सेवाको लागि निस्कीनै पर्छ यस्तो बेला आफ्ना काम प्रति गर्व नगरेर कहिले गरिएला र उनले भनिन् ।
अहिले प्रदेश अस्पतालबाट डा. नवराज केसी डा. के.एन. पौडेलले बेला बेलामा आफ्नो अबस्थाको बारेमा जानकारी लिए पनि मन्त्रालयको तर्फबाट कसैले पनि आधिकारिक रुपमा अहिले सम्म जानकारी नलिएको उनले बताइन् ।
कोरोनाको डर नहुने भन्ने हुदैन सारा विश्व नै यसबाट डराइरहेको अबस्थामा तर आफ्नो जिम्मेवारी र कर्तव्यबोध सम्झिएर काम गरिरहेको उनले बताइन् ।
अहिले सामाजिक विकास मन्त्रालयले फिल्डमा खटाएका चिकित्सक मध्य डा. शनम शाक्य, सल्यान कपुरकोट, डा. लोकराज कडेँल गुटु हेल्थ पोष्टमा काम गरिहेका छन् ।
समचार दैनिक बाट साभार