एजेन्सी ,मुम्बई । भोजपुरी फिल्मकी अभिनेत्री रानी चटर्जी आफ्नो जीवनको एक संघर्षमय समय बिताइ रहेकी छन् । पछिल्लो आठ वर्षदेखि उनलाई सामाजिक सञ्जाल मार्फत एक व्यक्तिले अश्लील कमेन्ट पठाइरहेका छ ।
जसको कारण उनी निकै चिन्तामा डुबेकी छन् अनि डिप्रेशनको सिकार भएकी छन् । अब उनको मनमा आत्महत्याको विचारहरु आउन थालेका छन् । यसै बीचमा रानी चटर्जीले एक वेबसाइडमा खुलरे आफ्नो अवस्था र डिप्रेशनको सिकार भएको कारण बताएकी छन् ।
उनी मानसिक रुपमा यति तनाबमा छिन् कि उनलाई साथ दिने कोही भएन भने उनले आत्महत्याको बाटो अंगालने छिन् ।
आफ्नो बारेमा नराम्रो, अश्लील कमेन्ट पढेर उदास भएको छु
सन् २०१२ देखि धनजन सिंह नामका एक व्यक्तिले मलाई सताइरहेको छ । मैले सामाजिक सञ्जालमा राखेको हरेक पोस्टमा उसले अश्लील कमेन्ट गर्ने गरेको छ । उसको कमेन्ट पढेर मानिसहरु झन अश्लील कमेन्ट गर्छन ।
सुरुमा मैले सबै कुरा वास्ता गरिन तर सधैँको यो सिलसिलाले म उदास भएको छु । म आफूलाई धेरै सम्हाने कोशिस गर्छु तर सक्दिन । मैले उसलाई ब्लक गरे तर मानिसहरु उसले गरेको कमेन्टको स्क्रिनसर्ट पठाउँछन् । अनि सामाजिक सञ्जालमा अपलोड गर्छन । धेरै कोशिस गरे यी सबै कुराबाट टाढा रहन तर सकिन अनि डिप्रेशनमा पुगेँ ।
ऊ मलाई व्यक्तिगत रुपमा सताइरहेको छ
एक सेलिब्रेटी भएको नाताले मलाई थाहा छ, यी सबै कुरामा बानी पर्नुपर्छ । दर्शकलाई पुरै अधिकार छ कमेन्ट गर्ने । तर जुन तरिकाले मानिसहरु मेरो बारेमा लेख्छन् त्यो निकै गलत छ । मेरो छाला, विवाह, मोटोपनको विषयमा कुरा काट्छन् ।
केही समय अगाडी मैले दुबईको एक तस्बिर पोस्ट गरेको थिएँ । त्यसमा पनि उसले कमेन्ट गरेको थियो । उसले मेरो चरित्रमा प्रश्न उठाउने गरेको छ । त्यही पढेर दर्शकले झन अश्लील कमेन्ट गर्ने गरेका छन् ।
आत्महत्या गर्नु बाहेक मसँग कुनै उपाय छैन
आधिकारिक रुपमा उसले कुनै नाम लेख्दैन । जसको कारण म साइबर क्रामइमको लागि केही गर्न सकुँ । मैले धेरै पटक साइबर सेलसँग पनि कुरा गरेँ तर उनीहरुले केही सहयोग गरेनन ।
यति लामो समयपछि आए मैले यी सबै कुरा गर्नुको कारण मेरो मनमा आत्महत्या गर्ने विचार आइरहेको छ । म पुरै डिप्रेशनमा पुगेको छु । मैले हरेक रात डिप्रेशनको औषधी लिने गरेको छु । म मात्र होइन मेरो परिवार पनि चिन्तामा छ । म सामाजिक सञ्जालबाट टाढा रहन पनि सक्दिन ।
मैले भोली आत्महत्या गरे भने त्यसको जिम्मेवार धनजय सिंह हुने छ
म आफ्नो जीवनमा धेरै खुसी थिएँ । आफ्नो पेसामा सन्तुष्ट थिए । मैले जीवनमा जे जे पाएके थिए । त्यो मेरो मेहेनतको फल थियो । अब म डिप्रेहनको गहिराईमा पुगेको छु यदि मैले आत्महत्या गरे भने यसको जिम्मेवार धनजय सिंह हुने छ