प्रधानमन्त्री केपि शर्मा ओलीले कोरोना भाइरसको औसधीको रुपमा प्रयोग गर्न ‘बेसार’ सुझाएका छन्
उनको हास्यास्पद अभिव्यक्ति सामाजिक सञ्जालमा मात्रै भाइरल भएन गीतको रुप पनि पाएको छ । उनको शब्द ‘बेसार पानी’ सापटी लिदै एक प्यारोडी गीत सार्वजनिक भएको छ । सार्वजनिक गीत सामाजिक सञ्जालमा चर्चामा आएको छ ।
गीतका स–सना टुक्राहरु भाइरल भएका छन् । गीतमा प्रदिप त्रिपाठी, किशोर नेपाली र प्रदिप तिवारीको स्वर रहेको छ । गीतमा यी ३ जनाले शब्द संकलन तथा संगीत भरेका छन् । तारानाथ आचार्यले संगीत संयोजन गरेका छन् ।
ब्याण्ड सहित छायांकन गरिएको भिडियोलाई गणेश सापकोटाले खिचेका हुन् ।
https://www.youtube.com/watch?v=rtslbT63q7w
