• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

ऋण काढेर कति दिन घ्यू खाने ?

"सातवटै प्रदेशमा प्रस्तुत भएका बजेटहरु पूर्णतया केन्द्रमाथि आश्रित छन् "
  • मनोज भट्ट

यही असार १ गते देशभरिका सातवटै प्रदेशले आफ्नो बजेट प्रदेश सभामा प्रस्तुत गरेका छन् । सातवटै प्रदेशले प्रस्तावित गरेको बजेट कुल २ खर्ब ६४ अर्व २० करोड रहेको छ ।यो रकम संघीय सरकारले प्रस्तुत गरेको बजेटको झण्डै १७ प्रतिशत जति हुन आउँछ । प्रदेशहरुले प्रस्तुत गरेको बजेटमा त्यसको वित्तीय व्यवस्थापन कसरी गरिने छ ? भन्ने कुरा उल्लेख छ । अर्थात् प्रदेशहरुले प्रस्तुत गरेको आगामी वर्षको खर्च धान्ने आय वा आम्दनी के हुने छ ? त्यसमाथि विचार गर्नुपर्ने आवश्यकता छ ।

केन्द्रीय सरकारले प्रस्तुत गरेको बजेटमा सातवटै प्रदेशलाई ९९ अर्ब ८७ करोड ३७ लाख अनुदान विनियोजन गरेको थियो । यही विनियोजित अनुदानलाई सबै प्रदेशहरुले वित्तीय श्रोतको मुख्य आधार बनाएका छन् । केन्द्रीय सरकारको अन्तर सरकारी वित्तीय व्यवस्थापन ऐनले सम पूरक, विशेष, वित्तीय सामनीकरण र सशर्त अनुदानगरी चार प्रकारका अनुदान प्रदेशलाई उपलब्ध गराउने कानुनी व्यवस्था छ । यी चार प्रकारका अनुदानहरु राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले निर्धारित गरेका सुत्रमा आधारित हुन्छ ।

केन्द्रीय सरकारले आगामी वर्षको बजेटमा प्रदेश र स्थानीय तहलाई राजश्व बाँंडफाँड अन्तर्गत १ खर्ब २२ अर्ब १४ करोड विनियोजन गरेको छ । राजश्व बाँफाँडबाट प्राप्त हुन आउने रकमलाई पनि वित्तीय व्यवस्थापनको अर्को महत्वपूर्ण श्रोतको रुपमा लिएका छन् । सातवटै प्रदेशको बजेटको सरसर्ती अध्ययन गरेरे त्यहाँ उल्लेखित अंकहरुलाई जोड्ने हो भने मोटामोटी ७७ अर्ब ८५ करोड ५६ लाख रुपैयाँ राजश्व बाँडफाँड अन्तरगत प्रदेशहरुले केन्द्रबाट प्राप्त गर्ने देखिन्छ । यसरी हेर्ने हो भने केन्द्रले प्रदेशलाई उपलब्ध गराएको विभिन्न अनुदान र राजश्वको मोटामोटी रकमलाई जोड्दा १ खर्ब ७७ अर्ब ७२ करोड ९३ लाख हुन आउँछ ।जबकी प्रदेशको बजेट जम्मा २ खर्ब ६४ अर्ब २० करोडको छ । यसरी हेर्ने हो भने प्रदेश सञ्चालनका लागि आवश्यक पर्ने रकमको ठूलो हिस्सा केन्द्रबाट नै गएको छ । यदी केन्द्रले यो रकम उपलब्ध नगराउने हो भने प्रदेशका सम्पूर्ण काम कारबाही ठप्प हुने स्थिति रहेको छ ।

प्रायः जसो प्रदेशहरुले चालू आर्थिक वर्षमा खर्च हुन नसकेर बचत हुन आउने रकमलाई समेत वित्तीय व्यवस्थापनको श्रोतको रुपमा लिएका छन् । त्यसरी खर्च हुन नसकेर बचत हुने अनुमान गरिएको रकम पनि चालू आर्थिक वर्षमा केन्द्रबाट नै गएको हो । त्यो रकम समेत जोड्दा त झन केन्द्रबाट प्रदेशमा गएको रकमको आयतन दुई खर्बभन्दा पनि बढी हुन जान्छ । प्रदेशले आन्तरिक राजश्व परिचालन, आन्तरिक ऋण, विकास साझेदारबाट प्राप्त हुन आउने रकमलाई पनि वित्तीय श्रोत व्यवस्थापनको रुपमा पनि लिएका छन् । यद्यपि यो रकम थोरै छ । यसरी हेर्ने हो भने लगातार तीन वर्षदेखि नै प्रदेशको खर्च केन्द्रीय सरकारले व्यहोर्दै आएको छ । आगामी दिनहरुमा पनि त्यो सिलसिला जारी रहने सम्भावना नै देखिन्छ । जसको परिणाम केन्द्रले रकम छर्ने शिवाय एकीकृत ढंगबाट योजना तर्जुमा र कार्यन्वयनमा बाधा पुगिरहनेछ । जहाँसम्म जनतालाई सेवा दिने प्रश्न छ, त्यसका लागि स्थानीय तह नै काफी छ ।

केन्द्रबाट गएको यति ठूलो परिणामको रकमबाट बनेको बजेटमा लगभग १ खर्ब १६ अर्ब १ करोड ४१ लाख ९७ हजार रुपैयाँ प्रशासनिक अर्थात चालू खर्चका लागि प्रदेशहरुले विनियोजन गरेको छ । पूँजीगततर्फ १ खर्ब ४८ अर्ब १८ करोड ५८ लाख ३ हजार रकम विनियोजित गरिए पनि अत्यन्तै न्युन प्रतिशत मात्र खर्च हुने गरेको छ । कोरोना भाइरस महामारीको कारण जनताको जीवन रक्षा राज्यको प्राथमिक दायित्व बन्न गएको छ । तर, महामारीका कारण देशको आर्थिक क्षेत्र संकुचित हुन पुगेको कारण प्रशासनिक तथा अनुउत्पादक क्षेत्रमा खर्च घटाउनु पर्ने दबाब पनि छ । तर, प्रदेशका बजेटहरुमा यो विषयलाई उपेक्षा गरिएको छ । पाँच नम्बर प्रदेशबाहेक सबै प्रदेशहरुले प्रदेशका सांसदहरुलाई विभिन्न नाम दिएर सांसद विकास कोषमा रकम विनियोजन गरेका छन् ।

केन्द्रीय बजेटमा संघीय सांसदहरुलाई ६६० करोड अर्थात ६ अर्ब ६० करोड विनियोजन गरेको छ । संघीय संसदलाई उछिनेर प्रदेशहरुले सांसदहरुलाई ९ अर्ब ९५ करोड ७६ लाख विनियोजन गरेको छ । केही प्रदेशहरुले प्रदेशका मुख्यमन्त्री, मन्त्री ,सभामुख, उपसभामुख तथा सांसदहरुको १८ प्रतिशतसम्म तलब बृद्धि गरेका छन् । सातवटै प्रदेशमा प्रस्तुत भएका बजेटहरु पूर्णतया केन्द्रमाथि आश्रित छन् । प्रशासनिक खर्च अचाक्ली वृद्धि भएको छ । जसको परिणाम स्वयम् अर्थमन्त्रीले स्वीकार गरेका छन् कि, नेपालको मासिक खर्च ४० अर्ब, तर आम्दनी १५ अर्ब मात्रै छ ।

यो तथ्याङ्कले हाम्रो कमजोर अर्थतन्त्रको अवस्थालाई प्रष्ट गर्छ । नेपाल प्रति महिना २५ अर्बको घाटा वा ऋणमा गइरहेको छ । तर, पनि केही व्यक्तिहरुको राजनीतिक व्यवस्थापनका लागि संघीयतालाई थेग्न विदेश वा स्वदेशबाट ऋण उठाउन राज्यलाई बाध्य पारिएको छ । यसैलाई भन्छन् ऋण काढेर घ्यू खाने । तर, यो तरिकाबाट चल्न कति दिन सम्भव छ ? त्यसैले संघीयताको मुख्य पक्ष प्रदेशको शासकीय स्वरुपलाई खारेज गरौँ र प्रशासनिक संरचना कायम गरेर अगाडि बढ्नु देशका हितमा हुनेछ ।
(लेखक राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज हुन् ।)

बुधबार, असार ०३, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.