एजेन्सी । ‘बिग बोस सिजन १३’ मा विवाद ,झगडा र चर्चित कलाकारलाई दर्शकले निकै रुचाएका थिए । फेब्रुअरीमा भएको फिनालेपछि मेकर्सले यसको अघिल्लो सिजन ‘बिग बोस सिजन १४’ को तयारी सुरु गरेको छ ।
केही यस्ता कलाकार जसलाई यस शोमा सहभागी हुन प्रस्ताव गरिएको छ । टेलिभिजन शो ‘बडे अच्छे लग्ते हैँ’ र फिल्म ‘प्रस्थानम’ मा काम गरेकी चाहत खन्नालाई मेकर्सले छैटौँ पटक बिग बोस को लागि प्रस्ताव गरेको छ । तर यो वर्ष पनि चाहतले उक्त प्रस्तावलाई अस्वीकार गरेकी छन् । चाहतले पिंक भिल्लासँग कुराकानी गर्ने क्रममा भने अनुसार उनी यस्तो प्रकारको शोको लागि बनेकी होइनन । उनको जीवनको विवादित घटनाले उनलाई शोमा परफेक्ट बनाए पनि उनीले उक्त प्रस्ताव व्यस्तताको कारण देखाउँदै अस्वीकार गरेकी हुन् ।
‘भाबीजी घर पर हैँ’ की शुभान्गी अत्रेलाई अफर
प्रसारित भाबीजी घर पर हैँ शो मे काम गरिरहेकी शुभान्गी अत्रेलाई पनि बिग बोस सिजन १४ को लागि अफर राखिएको छ । तर उनले पनि व्यस्तताको कारण देखाउदै प्रस्ताव अस्वीकार गरेकी छन् । अन्तर्वाताको क्रममा शुभान्गीले भनिन्–‘ हो, मलाई बिग बोसको तर्फबाट कल आएको थियो । म यतिबेला फुर्सदमा छैन । म पहिलो नै भाबीजी….मा जोडिसकेकी छु ।
म कुनै पनि कारण देखाएर निर्माता र च्यानललाई धोका दिन सक्दिन । अर्को कुरा म यस्तो प्रकारको झगडा र गाली हेर्न सक्दिन । त्यसैले अहिले म बिग बाृेसको लागि तयार छैन । भविष्यमा के हुन्छ भन्न सक्दिन । ’ ‘बिग बोस १३’ सिद्धार्थ शुक्लाले जितेका थिए । जसमा सिद्धार्थ लगायत पारस छाबडा, शहनाज गिल, रश्मि देसाई माहिरा शर्मा लगायतका कलाकार थिए । टिआरपीको हिसाबले पनि निकै सफल शो बनेको थियो ।