• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

अनलाइनमार्फत् इञ्जिनियरलाई प्राविधिक तालिम

धनगढी, १० वैशाख – यतिबेला कोरोना भाइरसका कारण देश लकडाउनमा छ । लकडाउनको समयलाई सदूपयोग गर्दै सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर नेपाल (सी डी ई एन) सुदूरपश्चिम प्रदेश समितिले सम्पूर्ण विधाका इञ्जिनियरहरुको प्राविधि क्षमता अभिवृद्धि गर्न इन्टरनेटमार्फत् अनलाइन कक्षा सञ्चालन गरेको छ ।
लकडाउनका समयमा इञ्जिनियरहरु घरमै बसेर थप ज्ञान हासिल गर्न सकून भनि अनलाइनमार्फत् कक्षा सञ्चालन गरिरहेको बताउँदै सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर नेपाल (सी डी ई एन) सुदूरपश्चिम प्रदेश समिति सभापति ई. ईश्वर भट्टले भन्नुभयो,‘लकडाउनका समयमा हामी प्रविधिको प्रयोग गर्दै जो जहाँ बसेका छौँ, त्यहीबाट थप ज्ञान र सीप सिकाइरहेका छौँ ।’ प्रविधिको प्रयोगले ज्ञान सिकाइने भएकाले विभिन्न विधाका इञ्जिनियहरु खुसी भएको बताउँदै उहाँले भन्नुभयो,‘हामीले मंगलबार सुरु गरेको कक्षामा एक सय २० जना भन्दा बढीको सहभागिता रहेको थियो ।’
अनलाइन कक्षाको उद्घाटन समारोहका प्रमुख अतिथि नेपाल इञ्जिनियर्स एशोसियसन सुदूरपश्चिमका कार्यकारिणी समिति सभापति ई. लवप्रसाद जोशीले देश बन्दाबन्दीको अवस्थामा रहेको बेला खाली समयलाई सदूपयोग गर्दै इञ्जिनियरहरुले विभिन्न क्षेत्रका विज्ञबाट थप प्राविधिक शिक्षा लिन सक्ने बताउनु भयो । यस्तै कार्यक्रममा विशिष्ठ अतिथिका रुपमा रहेका नेपाल इञ्जिनियर एशोसियसनका केन्द्रीय समिति सदस्य ई. जनकराज जोशीले पनि प्रविधिको प्रयोग गर्दै नयाँ प्रविधिबाट सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल सुदूरपश्चिम प्रदेशले गरेको कार्यको प्रशंसा गर्नुभयो ।
यसैगरी सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल सुदूरपश्चिम समितिका उपसभापति ई. बलबहादुर ठकुराठीले इञ्जिनियर तथा सव इञ्जिनियहरुले अनलाइनमार्फत् फर्म भरेर कक्षामा सहभागी हुन पाउने व्यवस्था मिलाएको जानकारी दिनुभयो ।
जुम भिडियो कन्फ्रेन्सबाट सञ्चालन गरिएको कार्यक्रमलाई सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल केन्द्रीय समितिको सहजीकरण र नेपाल रिसर्च एण्ड एजुकेशन नेटवर्कले सहयोग गरिएको थियो ।
मंगलबार भएको पहिलो कक्षा चिलिमे इञ्जिनियरिङ सर्भिसेस कम्पनीका डिजाइन चिफ ई. जगदिश्वरमान श्रेष्ठले लिनुभएको थियो । सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर नेपाल (सी डी ई एन) सुदूरपश्चिम प्रदेश समितिका सचिव ई. अरुणकुमार जोशीका अनुसार बुधबार सडक सुरक्षा र स्मार्ट सिटी योजना सम्बन्धी कक्षा दिइने भएको छ ।

बुधबार, बैशाख १०, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.