काठमाण्डौ ६ बैशाख- कोरोनाको विश्वव्यापी कहरसँगै भौतिक संसारमा ठूलो सन्नाटा छ । ‘लकडाउन’, ‘क्वारेन्टाईन क्न्टाइन’, ‘सेल्फ आइसोलेसन’जस्ता मानिसलाई एक्ल्याउने शब्दावली अहिले जीवन रक्षाका मानक बनेका छन् ।
यहीवेला एक्लिएको मानव जीवनमा सामाजिकीकरणको प्राण भर्न नेपाल ग्यालरी नामक सामाजिक संस्थाले भर्चुल “म्युजिक फर पिस“ नामक कार्यक्रम सन्चालन गर्ने भएको छ ।
नेपाल कोरोना बाट ग्रसित भएको बेला घर मै बसेर आफ्ना दर्शक स्रोता हरु सङ कुरा कानि का साथमा मा आफ्ना प्रस्तुति हरु बाट कलाकारहरुले मनोरन्जान प्रदान गर्ने छन् । जुन बैशाख ७ गते आइतबार बाट सुरु हुने छ हरेक दिन ५ बजे नेपाल ग्यालरीको अफिसियल फेसबूक पेज र ग्रुपबाट हेर्न सकिने छ । यो हप्ता गायिका श्रीङखला जोशी , नेपाल आइडलकी प्रतियोगी ममता गुरुङ गायक टंक तिमिल्सिना चेतन बोहरा सुदिप साजन आदि कलाकारहरु को प्रस्तुति रहने छ ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले लकडाउन घोषणा गरेपछि घरघरमै थन्किएका सर्जक र सिर्जनाप्रेमीमाझ यसको प्रभावकारिता देखिने बिस्वास राखिएको छ । किनकि, लकडाउनमा समय व्यतीत गर्न अधिकांश मानिस सामाजिक सञ्जालमा झुन्डिएका छन् ।
भौतिकभन्दा भर्चुअल संसार नै उनीहरूका लागि साथी बनेको छ ।
सामाजिक सञ्जालहरूमाथि अफवाह सिर्जना गर्ने माध्यम बनेको आरोप लागिरहँदा नेपाल ग्यालरीले त्यसलाई सिर्जनशील बनाउने प्रयास गरेका हो ।
