महेन्द्रनगर, सरकारले कोरोना भाइरस नियन्त्रणका लागि मुलुकुभर लकडाउन गरेसंगै बन्यजन्तु तथा काठ तस्कर गर्ने गिरोह सक्रिय बनेको छ ।कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको देवीदल गण मझगाउँ ब्यारेकले बितेको दश दिनमा निकुञ्जभित्र अवैध रुपमा पसेर कास दाउरा काट्ने, सालका रुख काट्ने र त्यहाँ रहेका तलाउ तथा नदीमा माछा मार्ने ११३ जनालाई पक्राउ गरि निकुञ्ज प्रशासनलाई कारबाहीका लागि बुझाएको छ ।
“महामारीले आक्रान्त भएका बेला मानिसहरु गैरकानुनी कार्य गरिरहेको पाइयो ।” देवीदल गणका गणपति प्रमुख सेनानी राजु बस्न्यातले भने–“लकडाउनमा चोरी, तस्करी शिकार गर्ने गिरोहप्रति निकुञ्ज सुरक्षार्थ खटिएको सेना चनाखो छ ।”
सेनाले कारबाहीका लागि उक्त गिरोहलाई निकुञ्ज प्रशासन बुझाएको र अनुसन्धानका क्रममा सो कुरा पुष्टि हुन आएको निकुञ्ज प्रशासन स्रोतले जनाएको छ ।
“हामीसत पनि मध्यवर्ती र निकुञ्ज वरपर विभिन्न स्रोतहरुबाट सुचनाहरु आइरहेका हुन्छन् ।” गणपति बस्न्यातले भने–“हामीले धेरै विस्तृत अध्ययन गरेका छौं, कसैले बन्यजन्तु मारेर, काठ चोरी गरेर उन्मुक्ती पाउँला नसोचे हुन्छ ।”
निकुञ्ज प्रशासनले पक्राउ परेका अभियुक्तहरुमाथि थप अनुसन्धान भरहेको जनाएको छ ।
उनले हाल देखिएका चुनातीलाई मध्यनजर गर्दै निकुञ्जभित्र र बाहिर मध्यवर्ती क्षेत्रमा समेत सेनाले आफ्नो सुरक्षा सर्तकता बढाएको जानकारी दिए ।
सेनाका अनुसार लकडाउन अवधीमा निकुञ्जमा अवैध रुपमा दाउरा घास काट्ने क्रममा ९९ जना जना महिला, माछा मार्ने दश जनाको गिरोह र ठुलो परिणाममा काठ तस्कर गर्ने गिराहेका नाइकेसहित चार जनालाई पक्राउ गरिएको गणपति बस्न्यातले जानकारी दिए ।
पक्राउ परेकाहरु मध्ये अधिकांश बाघफाँटा, जोनापुरी, तारापुर, दश नं। घाट, चम्पापुर र चौधर नदी क्षेत्रबाट बढी पक्राउ परेका हुन ।
निकुञ्जको मध्यवर्ती क्षेत्रमा सालको रुख काटिरहेको अवस्थामा गत चैत १२ गते सेनाको टोलीले नेपाली कांग्रेसको भातृ संगठन तरुण दलका बेदकोट नगर सभापति चन्द्रकान्त भट्ट सहितको टोली पक्राउ परेको थियो ।
लकडाउनमा देवीदल गणको सक्रियता : काठ तस्करदेखि बन्यजन्तु मार्नेसम्म पक्राउ
लकडाउनमा देवीदल गणको सक्रियता : काठ तस्करदेखि बन्यजन्तु मार्नेसम्म पक्राउ