• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

इतिहासमा आज : हार खाएर भियतनामबाट फर्कियो अमेरिकी सेना

२९ मार्च १९७३ । भियतनाम शान्ति सम्झौतामा हस्ताक्षर गरेको दुई महिनापछि अमेरिकी सेना दक्षिण भियतनामबाट फर्किएको थियो । यससँगै भियतनाममा अमेरिकाको ८ वर्ष लामो प्रत्यक्ष हस्तक्षेप समाप्त भयो । तर, साइगनमा अमेरिकी रक्षा मन्त्रालयका झन्डै ७ हजार कर्मचारी दक्षिणी भियतनाम र उत्तरी भियतनामविरुद्धको लडाइँले कसरी निष्कर्ष पाउँछ भनेर निगरानी गर्न बसिरहे ।

झन्डै दुई दशकसम्मको अप्रत्यक्ष अमेरिकी सैन्य सहयोगपछि १९६१ मा अमेरिकी राष्ट्रपति जोन एफ केन्नडीले पहिलोपटक अमेरिकी सेनाको ठूलो जत्था भियतनाम पठाएका थिए, दक्षिणी भियतनामको तानाशाही र निस्प्रभावी सत्तालाई उत्तरी भियतनामविरुद्धको लडाइँका लागि बलियो बनाउन उनीहरु गएका थिए । तीन वर्षपछि दक्षिणी भियतनामको सत्ता कमजोर हुँदै गयो, अमेरिकाका राष्ट्रपति लाइन्डन बी जोनसनले उत्तरी भियतनाममा बम आक्रमण घटाउन निर्देशन दिए, कंग्रेसले अमेरिकी सेनाको प्रयोगलाई स्वीकृति दियो ।

सन् १९६५ मा उत्तरी भियतनामीहरुको आक्रमणले राष्ट्रपति जोनसोनलाई दुईमध्ये एक विकल्प रोज्नुपर्ने अवस्थामा पु(यायो – अमेरिकी हस्तक्षेप थप बढाउने वा सेना फिर्ता गर्ने । जोनसनले पहिलो विकल्प रोजे, त्यसपछि सेनाको संख्या ३ लाखभन्दा धेरै पुग्यो र अमेरिकी हवाई दस्ताले इतिहासकै ठूलो बमबारी ग(यो ।

त्यसपछिका केही वर्ष युद्ध अवधि, अमेरिकी सैनिकको मृत्यु तथा अमेरिकाले गरेका युद्ध अपराध सार्वजनिक हुने क्रम बढ्यो । उदाहरणका लागि माई लाइमा गरिएको नरसंहारपछि धेरैले भियतनाम युद्धमा अमेरिकाको विरोध गरे । सन् १९६८ को कम्युनिष्ट ‘टेट अफेन्सिभ’ पछि युद्ध अन्त्य हुने अमेरिकाको आशामा बज्रपात भयो, यस अभियानअन्तर्गत उत्तरी भियतनामले शृंखलावद्ध रुपमा दक्षिण भियतनामका १ सयभन्दा बढी शहर तथा पोस्टमा हमला गरेका थिए । यसले विपक्षीहरुलाई युद्ध लड्न उर्जा भ¥यो । प्रतिक्रियास्वरुप, मार्च १९६८ मा जोनसोनले फेरि चुनाव नलड्ने घोषणा नै गरे, चुनाव लड्दा भियतनाम मुद्दालाई लिएर अमेरिकामा गहिरो राष्ट्रिय विभाजन देखिने खतरा उनले औँल्याएका थिए । उनले शान्तिवार्ताको सुरुवातका लागि स्वीकृति पनि थिए ।

सन् १९६९ मा अमेरिकामा युद्धविरुद्ध प्रदर्शन भयो, यतिबेलासम्म युद्धले ग्रस्त देशमा ५ लाख ५० हजारभन्दा धेरै अमेरिकी सैनिक थिए । नयाँ अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले अमेरिकी सेना फर्काउन थाले । तर उनले बम हान्ने क्रम भने बढाएका थिए । सन् १९७० को दशकमा अमेरिकी सेना फर्कने क्रम जारी नै रह्यो । निक्सनले यतिबेला कम्बोडिया र लाओसमा हवाई तथा जमिनबाट कारबाही गरिरहेका थिए, उनी भियतनामको सीमामा शत्रुको आपुर्ति रुट बन्द गराउने प्रयासमा थिए ।

युद्ध बिस्तारित हुँदै जाँदा अमेरिका र अन्यत्र पनि प्रदर्शनको नयाँ लहर सुरु भयो । यसपछि बाध्य भएर अमेरिका पछि हट्यो । अमेरिकी सेना, उत्तर तथा दक्षिण भियतनाम तथा भियतकङले पेरिसमा १९७३ जनवरीमा शान्ति सम्झौतामा हस्ताक्षर गरे, भियतनाम युद्धमा अमेरिकी सैनिकको संलग्नता अन्त्य गर्नका लागि ।

यस सम्झौताका मुख्य बुदाँमध्ये भियतनाममा युद्धविराम, अमेरिकी सेनाको बहिर्गमन, युद्धका बन्दीहरुको रिहाई र शान्तिपूर्ण रुपमा उत्तर र दक्षिण भियतनामको पुन एकता थियो । नयाँ निर्वाचन नभएसम्म दक्षिण भियतनामी सरकार कायमै रहने र दक्षिणमा रहेका उत्तरी भियतनामी दस्तालाई थप बढाउन नपाइने सम्झौतामा उल्लेख थियो । तर साँचो अर्थमा यो सम्झौता बहिर्गमनको संघारमा रहेको अमेरिकी सरकारको फेस–सेभ गर्न गरिएको औपचारिकता मात्रै थियो ।

मार्च २९ मा अमेरिकी सेनाको अन्तिम टुकडी फिर्ता हुनअघि नै उत्तरी भियतनामले युद्धविराम उल्लंघन गरिसकेको थियो र १९७४ को सुरुवातसम्म पूर्ण रुपमा युद्ध सुरु भइसकेको थियो । सन् १९७४ को अन्त्यमा दक्षिणी भियतनामका अधिकारीले एकै वर्ष युद्धका क्रममा आफ्ना ८० हजार सैनिक तथा सर्वसाधारण मारिएको जानकारी दिए । भियतनाम युद्धमा यो सबैभन्दा खराब वर्ष थियो ।

३० अप्रिल १९७५ मा बाँकी रहेका केही अमेरिकीहरुलाई दक्षिणी भियतनामबाट उद्धार गरिएको थियो किनकी यतिबेला साइगन कम्युनिष्टको कब्जामा आइसकेको थियो । भोलिपल्ट दक्षिण भियतनामले आत्मसमर्पण ग¥यो । त्यसलाई स्वीकार्दै उत्तरी भियतनामका कर्णेल बुइ टिनले भनेका थिए, ‘तिमीहरु आत्तिनुपर्ने कारण छैन । भियतनामीबीच कोही विजेता र कोही परास्त छैन । केवल अमेरिकीहरु हारेका हुन् ।’ भियतनाम युद्ध अमेरिकी इतिहासकै लामो र सबैभन्दा कुख्यात विदेशी युद्ध हो, यहाँ ५८ हजार अमेरिकीले जीवन गुमाए । झन्डै २० लाख भियतनामी सैनिक र सर्वसाधारण मारिए ।

अन्य महत्वपूर्ण घटना :

१७९८ – स्वीजरल्यान्डमा गणतन्त्र स्थापना

१८५७ – कलकत्ताबाट नजिकको बैरकपुरमा ईस्ट इन्डिया कम्पनीका बेलायती अफिसरविरुद्ध मंगल पाण्डेले गोली चलाए, अंग्रेजविरुद्ध भारतमा यो पहिलो विद्रोह थियो, जसलाई सैनिक विद्रोह भनियो ।

२००१ – अमेरिकाद्वारा ग्लोबल वार्मिङबारे गरिएको ‘क्योटो सन्धी’ अस्वीकार गर्ने घोषणा ।

२००४ – कार्यस्थलमा धुम्रपान प्रतिबन्धित गर्ने पहिलो देश बन्यो, आयरल्यान्ड ।

२००८ – उर्जा बचत गर्नका लागि संसारका ३ सय ७० शहरमा पहिलोपटक ‘अर्थ आवर’ मनाइयो ।

आइतबार, चैत १६, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.