• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

कोरोना भाइरसबारे गलत धारणाहरू, के हो सत्यता ?

कोरोना भाइरसको विश्वव्यापी संक्रमण फैलँदै गर्दा विश्वका मानिस जति त्रसित बन्न पुगेका छन् त्यति नै यसबारेको गलत सूचनाले मानिसलाई भ्रामितसमेत पारेको छ ।
ती भ्रमबारेको सत्यता के हो त ? बुझ्न जरुरी छ ।

ह्यान्ड स्यानिटाइजर ?

६० प्रतिशतभन्दा बढी अल्कोहलको मात्रा भएका ह्यान्ड स्यानिटाइजर कोरोना भाइरसजस्ता भाइरस मार्न प्रभावकारी हुन्छन् । अमेरिकाको भान्डरबिल्ट विश्वविद्यालयका संक्रामक रोग र रोकथाम औषधिका प्रोफेसर डा. विलियम सेनफरले भने– तर यसले हाल संक्रमण फैलाइरहेको कोरोना भाइरसमा पनि काम गर्छ भन्ने पुष्टि भने भएको छैन ।

मुख्यतः हात धुन असमर्थ रहेका वेला वा जो हात धुने तरिकाअनुसार हात धुन सक्दैनन् उनीहरूले स्यानिटाइजर प्रयोग गर्नुपर्छ । ‘तर, भाइरसबाट बचाउन राम्रोसँग हात धुनु नै अझ प्रभावकारी देखिन्छ,’ टफटस विश्वविद्यालय स्कुल अफ मेडिसिनका विभागीय प्रमुख एच. कोडी मेसनरले भने ।

‘भिटामिन सी’

सामाजिक सञ्जालमा देखेअनुसार धेरैले ‘भिटामिन सी’ एवं प्रतिरक्षा प्रणाली बढाउने कुराहरूको प्रयोग गर्न थालेका छन् । तर, यो एक भ्रमका रूपमा देखिएको छ । रुघा एवं चिसोको हकमा समेत यसले कुनै निश्चित फाइदा गरेको देखिएको छैन ।

‘भिटामिन सी’ले कुनै फाइदा गरिरहेको छ भने त्यो धेरै अहोभाग्यको कुरा हुनेछ, नत्र भिटामिनका डिब्बा रित्याउनु मात्रै हो,’ डा. सेनफरले भने ।
‘उच्च मात्रामा भिटामिन सीको प्रयोगले पेट र मिर्गाैलामा हानि गर्न सक्छ,’ ओहियोको क्लिभल्यान्ड बाल अस्पतालका बाल संक्रामक रोगविशेषज्ञ डा. फ्रान्क एस्पेरले भने ।

मास्कको प्रभावकारिता

अहिले विश्वभर मास्कको अभाव बढेको छ । तर, के सडकमा हिँडिरहेको मान्छे अर्कोलाई संक्रमण नहोस् भनेर मास्क प्रयोग गरिरहेका छन् ? छैनन् ।
धेरैजसो स्वस्थ र लक्षण नै नदेखिएका मानिसले मास्क प्रयोग गरिरहेका छन् । तर, खासमा मास्क प्रयोग गर्नुपर्ने लक्षण देखिएका र संक्रमितले हो । उनीहरूका लागि मास्कको अभाव छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका माइक्रोबायोलोजिस्ट विष्णुप्रसाद उपाध्याय भन्छन्, ‘एन–९५ मास्कले समेत मानिसलाई संक्रमणबाट बचाउन सक्छ भन्ने कुनै प्रमाण छैन, हाच्छ्युँ गर्दा, खोक्दा मानिसले मास्क प्रयोग गरे नाक, मुखबाट निस्कने मसिना पानीका कणहरू फैलिन पाउँदैनन् र त्यसले नजिकको मान्छेलाई संक्रमणको सम्भावना भने कम गराउँछ ।’

स्वास्थ्यकर्मी र अस्पतालमा रहेका बिरामी र अन्य मानिसको कुरा भने बेग्लै छ । उनीहरूका लागि मास्क आवश्यकता जस्तै हो ।
‘सर्जिकल मास्कहरूले संक्रमित व्यक्तिलाई रोग सार्नबाट बचाउन सक्छ,’ डा. सेनफरले भने । अमेरिकी रोग नियन्त्रण एवं रोकथाम केन्द्रले ‘संक्रमित एवं बिरामीलाई भेट्न जाँदा, भिडभाडमा जाँदाबाहेकको अवस्थामा स्वस्थ मानिसले मास्क प्रयोग गर्दा, संक्रमितलाई एवं अन्य रोगीहरूलाई अभाव हुने’ जनाएको छ ।

पन्जाको फाइदा

सार्वजनिक रूपमा छोइने स्थानलाई छुँदा पन्जाले पूर्ण रूपमा संक्रमणबाट बचाउन सक्छ भन्ने प्रमाण नरहेको डा. एस्परको भनाइ छ । ‘त्यसक्रममा पन्जामा संक्रमण हुन्छ र धेरैजसो पन्जामा निकै साना प्वालहरू हुन्छन् जहाँबाट भाइरस सजिलै हातमा प्रवेश गर्न सक्छ,’ उनले भने ।

त्यसकारण समय–समयमा साबुनले कम्तीमा २० सेकेन्ड लगाएर राम्रोसँग मिचिमिची हात धुन बिर्सनुहुन्न ।

(न्युयोर्क टाइम्समा प्रकाशित समाचारमा आधारित)

आइतबार, चैत ०९, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.