एजेन्सी । कोरोना भाइरसको महामारी फैलिरहेको बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो स्वास्थ्य परीक्षण गराएका छन् । राष्ट्रपति ट्रम्पले कोरोना संक्रमणको परीक्षण गराएको एक अन्तरक्रिया कार्यक्रममा बताएका हुन् ।
राष्ट्रपति ट्रम्पले स्वास्थ्य परीक्षणको नतिजा एक दुई दिनमा आउने बताउको ह्वाइट हाउसलाई उदृत गर्दै बीबीसीले जनाएको छ । त्यस्तै अमेरिकाले बेलायत र आयरल्यान्डबाट आउने मानिसहरुका लागि प्रतिबन्ध लगाएको छ । अमेरिकामा कोरोना संक्रमणबाट ५१ जनाको मृत्यु भैसकेको छ भने २४९९ जनामा संक्रमण भएको पुष्टि भएको छ ।
