काठमाडौँ । पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जीपी तिमिल्सिनाको वैवाहिक सम्बन्ध डिभोर्सको स्थितीमा पुगेको छ । १७ वर्षअघि प्रेम विवाह गरेकी उनले श्रीमान जीपीसँग खटपट परेपछि डिभोर्स गर्ने निर्णयमा पुगेकी हुन् ।
लामो समयदेखि यि दुई बीचको जोडीको विषयमा डिभोर्सको हल्ला चलेको थियो । तर, शनिबार राती पूर्व मिस नेपाल खड्कीले फेसबुक स्टाटस लेखेर आफु श्रीमानसँग अलग बस्न लागेको जानकारी दिएकी छिन् । उषाले शनिबार राती फेसबुकमा लेखेकी छिन्, ‘यदि तपाईंले विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै आधार छैन ।
अब म भन्छु ‘नाईं’ ।’ उनले सबैलाई सहयोग र मायाका लागि धन्यवाद दिँदै लेखेकी छिन्, ‘तपाईंहरुको माया र समर्थनले मलाई बलियो र साहसिलो बनाएको छ । यसैमार्फत् म मेरो र आफ्ना सन्तानको अधिकारका लागि लड्नेछु ।’ उनले यो स्टेटससँगै आफ्नो अन्तरवार्ताको दुईवटा क्लिपसमेत पोष्ट गरेकी छिन् । एउटा क्लिपमा उनी रोइरहेको पनि देख्न सकिन्छ ।