धनगढी, फागुन २९ ः
पछिल्लो समय थारु भाषाका गीतहरुले नेपालमा आफ्नो छुट्टै पहिचान राख्न सफल भएका छन । त्यसै क्रममा बाँके बैजनाथ गाउँपालिकाको पेडारी गाउँ घर भएकी थारु समुदाय की चर्चित थारु गयिका तथा मोडेल श्रीदेवी थारुको अर्को नयाँ चवन्नी छैली भन्ने बोलको गीत सार्बजनिक गरिएको छ ।तराईका बिभिन्न स्थानमा छायाकंन गरिएको उक्त गीत फागुन पुर्णीमा अर्थात तराईको होलीको अबसर पारेर सार्बजनिक गरिएको हो ।
कृष्णसार आईडल सिजन १का बिजेता तथा अहिलेका चर्चित गायक तथा संगितकारको रुपमा आफुलाई चिनाउन सफल उमेश मुस्कानको यस गीतमा शब्द संगित रहेको छ भने आवाज श्रीदेवी थारु र उमेश मुस्कानको नै रहेको छ ।
चर्चित गायक तथा मोडल चक्र बमको युटुय्ब च्यानलबाट सार्वजनिक भएको चवन्नी छैली बोलको गीतले छोटो समयमै चर्चा पाउन थालेको छ । गीतमा श्रीदेवीले, थारु समुदायको तथा चक्रबमले पहाडी समुदायको प्रतिनिधित्व गर्दै अभिनय गरेका छन् । फास्ट बीटमा रहेको गीतमा नेपाली र थारु भाषा दुबै शब्दको मिश्रण गरिएको छ जसले गर्दा गीतमा अझै मिठास आएको छ ।
चवन्नी छैली बोलको गीतलाई केरियोग्राफी तथा निर्देशन चर्चित निर्देशक बिक्रम चौहानले गरेका हुन् । यो भन्दा पहिलेको श्रीदेवी थारुको चर्चित गीत चवन्नी मुस्कि मारके बोललाई पनि गीतमा जोडिएको छ । श्रीदेवीका थुप्रै चवन्नी मुस्कि, तुहार फिगर, बैश केकर लाग, साली भातु, मोडेल वालीले जस्ता गीतहरुले दर्शकको मन जीत्न सफल भैसकेका छन ।
