काठमाडौं । विश्वमा नै महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइरसको आशंका गरिएका एक बिरामी टेकु अस्पतालबाट फरार भएका छन् । चीन्को बाटो हुँदै नेपाल आएका साउदी अरबका एक बिरामीलाई रुघाखोकी र ज्वरो आएपछि टेकु अस्पतालमा जाँच गर्न लगिएको थियो ।
अस्पतालले उनलाई कोरोनाको आशंकामा निगरानी गर्ने निर्णय गरेर तयारी गर्दागर्दै उनी फरार भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त महेन्द्र श्रेष्ठले जानकारी दिए । उनले भने, ‘उनको कोरोना परीक्षण गर्न बाँकी थियो, अहिले खोजी भइरहेको छ’ प्रवक्ता श्रेष्ठले भने, ‘भाषाको समस्या भएकाले उनलाई नियन्त्रणमा राख्न सकिएन ।’ उनको खोजी भइरहेको बताइएको छ । यद्यपी अहिलेसम्म उनको बारेमा केही जानकारी पाउन नसकेको मन्त्रालयले जानकारी दिएको छ ।
