काठमाण्डौ १३ माघ- गायक बादल थापाको ‘एकबीशे’ बोलको नयाँ गित अहिले संगितिक बजारमा चर्चा शिखरमा पुगेको छ । हाईलाईट्स नेपालबाट सार्बजनिक गरिएको उक्त गितको भिडियो सोमबार साझ सम्म मात्रै ८० हजार दर्शकले हेरिसकेका छन् ।
माघ १० गते युट्युव मार्फत रिलिज गरिएको भिडियोलाई ४ दिनमै ८० हजार हेरेको रकर्ड देखाएको छ । ‘एकबीशे’मा बादल थापाको स्वर,सुरेस राना मगरको शब्द रहेको छ । गितको भिडियोमा बादल थापा, सपना केसी, डिप्सन परियार, असबिन र अर्जुनले अभिनय गरेका छन । पछिल्लो समय बिभिन्न चर्चित गित बजारमा ल्याइसकेका वादलले यसपाली छुट्टै नौलो पनको गित स्रोता माँझ पस्कीएको सुदूरपत्र अनलाइनलाइ बताए ।
‘एक बिशे’ बोलको गिद दर्शकले निकै रचाउने खालको बनाएको गायक थापाको दाबी छ । सुरेश रानाको शब्द रहेको गितमा स्वर र संगित वादल आफैले दिएका हुन् । नबराज उप्रेतीले छायाङ्कन गरेको म्युजिक भिडियोलाई निर्देशन तथा कोरियोग्राफि सृजन बरालले गरेका हुन् । भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन् ।