• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ६. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका भल्कामा थारु संग्राहालय

थारु समुदायको लोक संस्कृति संरक्षणका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा थारु संग्राहलय स्थापना गरिएको छ । जिल्लाको उत्तरी चुरे भेग शुक्लाफाँटा नगरपालिका ८ भल्कामा थारु संग्राहलय स्थापना गरिएको हो ।
थारु समुदाय लोक परम्परागत संस्कृति, नेपाल पर्यटन भ्रमण बर्ष सफल पार्नका लागि वरघर भलमन्सा महतौँ समिति र शुक्लाफाँटा नगरपालिका ८ नम्बर वडाले संयुक्त रुपमा थारु समुदायको परम्परागत घर निर्माण गरेर थारु संग्राहालय स्थापना गरेका थिए ।
दुई बर्ष अघिदेखि स्थापना गरिएको थारु सग्रहालयको सोमबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । प्रतिनिधी सभा सदस्य नर बहादुर धामीले संग्रहालयतको उद्घाटन थारु समुदायको लोक संस्कृति जोर्गेनाका लागि संग्रहालयको भूमिका रहेको चित्रण गरे । प्रतिनिधी सभा सदस्य धामीले सग्रहालयमा आफ्नो क्षेत्रबाट सक्दो पहल गर्ने बताए । ‘पश्चिम नेपालका थारु समुदायको परम्परागत लोक संस्कृति अवलोकनका लागि पर्यटन आउँनेछन, ‘धामीले भने, ‘थारु समुदायको लोक संस्कृति यस क्षेत्रको पहिचान हो ।’
वरघर भलमन्सा महतौँ समितिका अध्यक्ष पल्टाराम चौधरीले आधुनिकतासंगै थारु समुदायको लोक परम्परागत धर्म, संस्कृति र संस्कार लोप हुँदा संग्राहलय स्थापना गरिएको बताए । ‘हाम्रो लोक सस्कृति लोप भईरहेको छ, ‘अध्यक्ष चौधरीले भने, ‘पुरानो पुस्ताबाट नयाँ पुस्तामा संस्कृति हस्तान्तरण हुन सकेको छैन् ।’
नयाँ पिढीले लोक सस्कृति अनुसरण नगर्दा थारु समुदायको सस्कृति धरापमा पर्दै गएकोले संग्राहलय खोलिएको उनले बताए । अध्यक्ष चौधरीका अनुसार वडाको सहयोगका स्थानीयले थारु संग्राहलय स्थापना गरिएको हो । ‘सबै मिलेर थारु संग्राहलय बनाए, ‘अध्यक्ष चौधरीले भने, ‘अब थारु समुदायका चाँडवाडमा हामी संग्राहलय प्रयोग गछौँ ।’ थारु संग्राहलयमा १ सय २४ प्रकारका थारुका लोक परम्परागत बस्तु राखिएको छ । ‘हाम्रा पहिरनदेखि गहगहना, परम्परागत साधन राखिएका छन, ‘अध्यक्ष चौधरीले भने, ‘थारु समुदायका सबै समाग्र राखिएका छन् ।’ संग्राहलयमा उज्यालोका लागि सोलार बत्ति जडान गरिएको छ । संग्राहलय नजिकै खोला छ । माघ महिनामा लाग्ने मेला समेत संचालन हुने अध्यक्ष चौधरीले बताए ।
शुक्लाफाँटा नगरका जनप्रतिनिधिले थारु संग्राहलय स्थापना संगै थारु समुदायको लोक सस्कृति संरक्षणका साथै पर्यटन प्रर्बद्धनमा हुने बताएका छन् ।
शुक्लाफाँटा नगरपालिका ८ का वडाध्यक्ष बहादुर सिह महराले उत्तरी भेगमा रहेका थुप्रै ऐतिहासिक प्राकृतिक पर्यापर्यटनका साथै थारु संग्राहलयबाट थप पर्यटन प्रर्बद्धनमा टेवा पुग्ने बताए । ‘यस भेगमा थुप्रै पर्यटकिय क्षेत्र छन, ‘अध्यक्ष महराले भने, ‘थारु संग्राहलयसंगै थप पर्यटन प्रर्बद्धन हुन्छ ।’
अध्यक्ष महराका अनुसार थारु समुदायको जन्मदेखि मृत्युसम्मका विभिन्न समाग्री राखिएका छन् । यस क्षेत्रमा रहेका मणिकाधाम, भम्का, सुनदेवी धाम, बतासे झरना लगायतका प्राकृतिक पर्यटकिय गन्तव्य सहित थारु संग्राहलयले थप पर्यटकिय सुन्दरता थपेको बताए । उनले भल्का क्षेत्रमा थारु समुदायको साँस्कृतिक दृष्ट्रिकोणबाट समेत महत्वपूर्ण क्षेत्र भएकाले यसै क्षेत्रमा संग्राहलय स्थापना गरिएको बताए । अध्यक्ष महराले संग्राहलयमा थारु लोक सस्कृति, दैनिक जनजिवनका समान राखिएको बताए ।
पर्यटनसुरक्षा दल, होमेष्टे, थारु साँस्कृतिक नाच घर लगायतका योजना रहेको अध्यक्ष महराले बताए । पुर्वपश्चिम महेन्द्र राजमार्ग झलारीदेखि झण्डै ७ किलोमिटर उत्तरी भेगमा रहेको थारु संग्राहलय स्थापनासंगै थारु समुदायको लोक संस्कृति अवलोकनका लागि स्वदेशी तथा बाह्य पर्यटकका लागि पर्यटकिय गन्तव्य बन्ने स्थानीयको भनाई छ ।

मङ्गलबार, माघ ०७, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.