काठमाडौँ । केही दिन अघि बसेको मन्त्री परिषद् बैठकले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआइजी) डा.आशा सिंहलाई एआइजी बढुवा गर्ने निर्णय गरेको छ । गृहसचिव प्रेमकुमार राई नेतृत्वको बढुवा सिफारिस समितिले सिंहलाई एआइजी बढुवामा सिफारिस गरेको थियो ।
जुनियर डिआइजीलाई सिफारिस गरेको भन्दै अर्का डिआइजी डा. मिनराज पाठकले उजुरी गरेका थिए । उनको उजुरीको सुनुवाइपछि लोकसेवा आयोगका अध्यक्ष उमेश मैनाली नेतृत्व उजुरी सुन्न समितिले बढुवा समितिकै सिफारिसलाई सदर गरेको थियो । सोहीअनुसार गृह मन्त्रालयले डिआइजी सिंहलाई एआइजी बढुवाका लागि मन्त्रिपरिषदमा प्रस्ताव पेश गरेको थियो । जुनियरलाई धेरै नम्बर दिएर बढुवा सिफारिस गरेपछि विवाद भएको थियो ।