• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सेती प्रादेशिक अस्पतालमा विद्युतीय खरिद प्रणाली लागु

कैलाली—धनगढीको सेती प्रादेशिक अस्पतालमा वर्षौदेखि मिलेमतोमा हुँदै आएका सबै खरिद प्रक्रिया भंग गरिदिएपछि विचौलिया र व्यवस्थापन समिति रुष्ट भएका छन् । प्रादेशिक अस्पतालमा विगतदेखि मिलेमतोमा ठेक्का पार्दै सबै खरिदका काम सिमित व्यक्तिबाट गरिदै आएकोमा अहिले अस्पतालले उक्त प्रक्रिया भंग गरेको छ ।
अस्पतालले विगतमा सिलबन्दी बोलपत्र अथात हार्डकपीमार्फत ठेक्का सम्झौता गरी खरिदका काम गरिदै आएकोमा त्यसलाई भंग गर्दै विद्युतीय खरिद प्रणाली लागु गरेको छ । विद्युतीय खरिद प्रणालीमार्फत राष्ट्रियस्तरको टेण्डर आह्वान गरी औषधि, विभिन्न यन्त्र उपकरण, खाद्यान्न खरिद गरिएको छ भने भवन निर्माणलगायतका अन्य ठेक्का पनि विद्युतीय खरिद प्रणालीमार्फत नै गर्ने प्रक्रिया अगाडि बढाइएको छ ।

सेती प्रादेशिक अस्पतालका लेखा अधिकृत मदन महराले सात करोड ८३ लाख ४९ हजार लागत अनुमान गरिएको औषधि, आमा सुरक्षा कार्यक्रमका लागि आवश्यक पर्ने समाग्री, ल्याब तथा प्रयोशालाका केमिकल विद्युतीय खरिद प्रणाली ई–बिडिङमार्फत चार करोड ४९ लाख २४ हजारमा खरिद गरिएको बताए ।
उनका अनुसार विगतमा ठेक्कामा एकलौटी हुँदै आएकोमा अहिले अस्पतालले ई–बिडिङमार्फत तीन करोड ५३ लाखको औषधि फरक—फरक आइटम आइटमवाइज ठेक्का स्वीकृत गरी पाँच प्याकेजमा ६ वटा कम्पनीसँग एक करोड ५८ लाख १७ हजारमा ठेक्का सम्झौता गरी आपूर्ति गर्दै आएको छ ।
यस्तै, आमा सुरक्षा कार्यक्रमका लागि आवश्यक पर्ने औषधिलगायतका समाग्रीका लागि एक करोड ६१ लाख ८४ हजारमा ठेक्का आह्वान भएकोमा ३ वटा प्याकेजमा तीन आपूर्तिकर्ता कम्पनीसँग ८३ लाख २३ हजारमा ठेक्का सम्झौता गरिएको छ भने ल्याब तथा प्रयोगशालाका लागि आश्यक पर्ने केमिकल खरिदका लागि दुई करोड ६८ लाख ठेक्का आह्वान भएकोमा १० प्याकेज बनाएर पाँचवटा आपूर्तीकर्तासँग दुई करोड ७८ लाखमा सम्झौता गरिएको छ ।

सेती प्रादेशिक अस्पतालमा वर्षौदेखि सिलबन्दी बोलपत्र अथवा हार्डकपी प्रक्रियामार्फत औषधि, उपकरण एवं अन्य समाग्री खरिद गरिदै आएकोमा अहिले विद्युतीय खरिद प्रणालीमार्फत ठेक्का सम्झौता गर्दै आएको छ । विद्युतीय खरिद प्रक्रिया सुरु भएसँगै अस्पतालको खरिदमा हुने चलखेल समेत अन्त्य हुने ठानिएको छ ।
‘ई–बिडिङ प्रणालीमार्फत स्वच्छ प्रतिस्पर्धा हुन्छ, देशभरका फार्महरुले सहभागिता जनाउन पाउँछन्,’ लेखा अधिकृत महराले भने, ‘जसले जहाँ बसेर पनि आवेदन हाल्न सक्ने हुनाले मिलेमतो गर्न पाउँदैनन् ।’ अहिले खरिद प्रक्रियामा सुदूरपश्चिम बाहिरका फर्महरुले पनि सहभागिता जनाउन पाएका छन् भने अस्पतालले पनि छुट्टाछुट्टै प्याकेज बनाएर बढी भन्दा बढीको सहभागिता गराउन थालेको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डे अस्पतालकै हित हेरेर खरिद प्रक्रियालाई विद्युतीय प्रणालीमा लगिएको बताए । ‘धेरै पहिलेदेखि स्थानीय टेण्डर गर्ने चलन थियो । केही वर्ष पहिले सरकारले नै ठूलो रकमको टेण्डर ई–बिडिङमा जान निर्देशन नै जारी गरेको थियो,’ डा. पाण्डेले भने ।
तरपनि स–साना, मझौला खालका टेण्डर स्थानीय स्तरमै गरेपनि गत वर्षदेखि भने ई–बिडिङमार्फत नै गरिदै आएको उनले बताए । ‘ई–बिडिङ गर्दा देशभरीबाट सहभागिता जनाउँदा पाउँदा धेरैको संस्थाले टेण्डर हाल्छन्, प्रतिस्पर्धा भै कम मूल्यमा औषधिलगायतका सामान खरिद गर्न पाउने भएकै कारण हामी ई–बिडिङमा गएका हौं,’ डा. पाण्डे थपे ।

मङ्गलबार, माघ ०७, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.