एजेन्सी । दिल्लीको पटियाला हाउस अदालतले निर्भया सामुहिक बलात्कार मुद्दामा चार दोषीहरुविरुद्ध नयाँ ‘डेथ वारेन्ट’ जारी गरेको छ । यी दोषीहरुलाई १ फेब्रुअरीको बिहान ६ बजे मृत्युदण्ड दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसअघि २२ जनवरीमा मृत्युदण्ड दिइने मिति जारी भएको थियो । तर, एक दोषीले दया निवेदन दायर गरेको थियो । यो निवेदन खारेज भएपछि पक्रियाको माध्यमबाट नयाँ डेथ वारेन्ट जारी गरिएको हो । नयाँ डेथ वारेन्ट जारी भएपछि निर्भयाकी आमा आशा देवीले जबसम्म दोषीहरुलाई मृत्युदण्ड दिइँदैन तबसम्म आफूलाई शान्ति नमिल्ने बताएकी छिन् ।
बलात्कारपछि हत्या गरेको आरोपमा मृत्युदण्ड सजाय पाएका अक्षय ठाकुर, विनय शर्मा, पवन गुप्ता र मुकेश सिंहलाई आगामी जनवरी २२ मा मृत्युदण्ड दिइने तय भएको छ । घटना भएको ७ साल बितिसक्दा पनि मृत्युदण्डको फैसला कार्यान्वयन नभएकोमा भारत भर विरोध हुँदै आएको थियो ।
उक्त मुद्दाको फैसला ‘फास्ट ट्रयाक’बाट गरिएको थियो । दोषी ठहर भएकाहरुले राष्ट्रपति कहाँ ‘सजाय माफ’ गर्न निवेदन समेत दिने प्रयास गरेका थिए । तर उनीहरुको निवेदन लिन राष्ट्रपति कार्यालयले अस्वीकार गरिएको बताइन्छ । ले न्यायालयमाथि महिलाहरुको विश्वास बढ्नेछ।’