काठमाडौं – भारतमा हिन्दू–मुस्लिम विवाद पटक–पटक सतहमा देखिन्छ । हिन्दू समुदाय अब क्रिस्चियन धर्मका प्रभू येशूको मूर्तीविरुद्ध समेत देखिएको छ । कर्नाटकको तत्कालीन भारतीय कांग्रेस सरकारले बैंगलुरुभन्दा ६५ किलोमिटर टाढा कनकपुरामा येशूको ११४ फिट अग्लो मूर्ती बनाउन १० एकड जमिन दिने प्रस्ताव राखेको थियो । हाल प्रदेशमा भारतीय जनता पार्टी ९भाजपा० सरकारसमक्ष हिन्दू जागरण वेदिक संस्थाले त्यो प्रस्ताव फिर्ता लिन माग गरिरहेको छ ।
येशूको प्रस्तावित मूर्तीविरुद्ध हिन्दू जागरण समर्थक सदस्यले कनकपुरामा विशाल ¥याली गरेका छन् । मूर्ती बनाउन धेरै सस्तो १० लाख रुपैयाँमै जमिन दिने कांग्रेस विधायक डीके शिवकुमार ‘मनि लन्ड्रिङ’मा मुछिएपछि मुर्ती विवाद बढेको हो । उनी ५० दिन जेल समेत रहे । डीके अघिल्लो सरकारका मन्त्री र कनकपुराबाट निर्वाचित विधायक थिए ।
येशूको मूर्तीविरुद्ध गरिएको प्रदर्शनको महत्व बुझाउन राष्ट्रिय स्वयंसेवक संघ ९आरएसएस० ले कल्लडका प्रभाकर भट्ट जस्ता कट्टर नेतालाई ¥यालीमा सहभागी गरायो । २ दशकअघि कर्नाटकको तटीय जिल्लालाई ‘हिन्दूत्वको प्रयोगशाला’मा बदल्ने श्रेय कल्लडकालाई नै दिने गरिएको छ ।बीबीसी हिन्दीमा प्रकाशित रिपोर्ट अनुसार मूर्ती विवाद ‘क्रिस्मस डे’बाट बढेको हो । बीबीसीसँग कल्लडकाले भने, ‘प्रदर्शन बढ्दै जानेछ, हामी यसलाई त्यत्तिकै छाड्नै छैनौं । हामी यसलाई तार्किक निष्कर्षमा पु¥याउँछौं ।’
क्रिसमसको अवसरमा २५ डिसेम्बरका दिन कनकपुराको पहाडमा शिवकुमारले येशूको मुर्ती शिलान्यास गरेपछि विवाद सतहमा आएको छ । त्यतिबेला प्रश्न उठ्यो – सरकारी जमिनमा यस्तो मुर्ती कसरी बनाउन पाइन्छ रु नियम अनुसार त्यो जमिन पशुपन्छीलाई आहारा खुवाउने, अस्पताल र सार्वजनिक सुविधा उपलब्ध गराउने प्रयोजनमा मात्रै प्रयोग गर्न पाइन्छ । प्रभू येशुको मूर्ती बन्ने जमिनको मूल्य १ करोड बनाइन्छ तर शिवकुमारले १० लाख मात्रै तिरेका थिए ।
राजस्व सचिव आर अशोकले भने, ‘अनाधिकृत सडकमा केही वर्षअघि मुर्ती बनाउने काम सुरू भएको छ, यसका लागि अनाधिकृत तरिकाले बिजुली प्रयोग गरिएको छ, यो समस्या हो । त्यसबारे रिपोर्ट माग्दा ढिलाइ भइरहेको छ । शिवराजले नै मन्त्री हुँदा नियुक्त गरेका कर्मचारी सम्बन्धित निकायमा भएकाले वास्तविकता लुकाउन खोजिएको छ ।’
मूर्तीविरुद्धका अभियन्ता प्रभाकर भन्छन्, ‘मलाई सबैभन्दा दुःख यसमा लागेको छ कि मन्नेश्वर पहाडमा ‘त्रस’ राखिएको छ । त्यो पहाडमा मुनि पूजा हुन्छ । येशूको मूर्ती बनाउनेहरूले कुनै अरु ठाउँ पाएनन् रु उनीहरू हिन्दूलाई अपमानित गर्ने कोसिस किन गरिरहेका छन् रु सरकारी जमिनलाई धार्मिक उद्देश्यका लागि कसरी दिन सकिन्छ रु यिनीहरूको उद्देश्य के हो रु’ स्थानीय चर्चका सदस्य संध्यागप्पा चिन्नाराजले भने मन्नेश्वर पहाडमा क्रस नराखिएको दाबी गरे । उनले भने, ‘यस क्षेत्रमा इसाई समुदाय सन् १९०६ देखि बस्दै आएको छ ।’
प्रभाकरले ¥यालीलाई सम्बोधन गर्दै मुर्ती बनाउन सहयोग गर्ने शिवकुमारलाई देशद्रोहीको संज्ञा दिए । प्रतिरक्षा गर्दै शिवकुमारले भने, ‘मैले राम मन्दिर पनि बनाएको छु, शिव मन्दिर पनि बनाएको छु । उनीहरू जे गर्न चाहन्छन्, गर्न दिनुस्, उनीहरू नै सरकारमा छन् ।’