कैलालीमा युवतीलाई जागिर लगाईदिने भन्दै ठगी गर्ने युवक पक्राउ परेका छन्। डोटीको साविकको कालिकास्थान गाविस २ घर भई गोदावरी नगरपालिकामा बस्दै आएका २७ वर्षीय तुलाराम कोलीलाई ठगी आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रकाश कार्कीले जानकारी दिए।
उनका अनुसार कोलीले युएनडीपीको कर्मचारी भएको भन्दै राम्रो जागिर लगाईदिने भन्दै गौरीगंगा ७ की रत्ना बोहोरालाई ठगेका थिए। कोलीले अन्य व्यक्तिलाई समेत ठगी गरेको आशंकामा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
