एजेन्सी । अष्ट्रेलियामा विगत तीन महिनादेखि जारी डढेलोका कारण ५० करोड जीवजन्तु प्रभावित बनेका छन् । यो डढेलो यति भयानक बनेको छ कि यसको अनुमान यहीँ बाट लगाउन सकिन्छ । अहिलेसम्म एक लाख वर्ग किलोमिटर क्षेत्र जलेर खरानी बनेको छ ।
यस डढेलोले हालसम्म १८ सय घर खरानी बनाएको छ भने दुई दर्जनबढी मानिसको मृत्यु भइसकेको छ । थुप्रै ठाउँमा तापक्रम ५० डिग्रीभन्दा माथि पुगेको छ । अष्ट्रेलियाको न्यू साउथ वेल्स र भिक्टोरियामा एक पटक फेरी तापक्रम उच्च हुनका साथै हावाका कारण आगो बढ्ने खतरा बढेको बताइएको छ । डढेलोका कारण अष्ट्रेलियाको आकाश रातो देखिन थालेको छ ।
