धनगढी, पुस २१- धनगढी उपमहानगरपालिका वडा नम्बर ५ निवासी युवा समाजसेवी युवा उद्यमी तथा आदर्श नवयुवा क्लबका अध्यक्ष निराजन खड्काले आफ्नो पन्मदिनको अवसरमा दृष्टि विहीन विद्यार्थीहरुलाई खाद्यान्न तथा खेल सामाग्री सहयोग गर्नुभएको छ ।

आफ्नो जन्मदिनको अवसर पारेर उहाँले वडा नम्बर ५ मै रहेको जीवन ज्योती छात्रावासमा रहेका दृष्टिविहीन विद्यार्थीहरुलाई सहयोग गर्नुभएको हो । पञ्चोदय माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरु विद्यालयमै रहेको जीवन ज्योती छात्रावासमा वस्दै आएका छन् ।

वडा नम्बर ५ का वडाध्यक्ष हिरासिंह पातलीको उपस्थितिमा खाद्यान्न तथा खेल सामाग्रीहरु हस्तान्तरण गरिएको हो । पार्टी गरेर पैसा सक्काउनुभन्दा सनो भएपनि सहयोग गर्नु पर्छ भन्ने संदेश दिनका लागि जन्मदिनको अवसरमा सहयोग गरेको निराजन खड्काले बताउनुभयो ।

