२०७६ आजको पत्रपत्रिकामा यतिसँग सरकारले गरेको सम्झौता, राजनीतिक घटनाक्रम लगायतको विषय प्राथमिकतामा परेका छन् । ‘यतिसँग सरकारको साइनो’ शीर्षकको मुख्य समाचारमा कान्तिपुरले यती कम्पनीलाई पोस्न सरकारले केसम्म गरेन भन्ने कुरा विस्तृतमा उल्लेख गरेको छ । समाचारमा लेखिए अनुसार तत्कालीन एमाले नेता र शेर्पा परिवार सम्बन्ध मदन भण्डारीको पालादेखि नै निकट थिए ।
अहिले मदन भण्डारी र पासाङ ल्हामु शेर्पाकै कारण जोडिएको एमाले र शेर्पा परिवारको सम्बन्ध अझै घनिष्ठ भएको छ । यहाँसम्म कि सरकारले नेपाल ट्रष्टको गोकर्ण रिसोर्टको जग्गा यती समूहलाई लिजमा दिनुअघि अनकूल बनाउन एउटा कानुनलाई सात ठाउँमा संशोधन गरिएको छ । लिजको अवधि लम्ब्याउन कठिनाइ हुने नेपाल ट्रष्ट ऐनका सबै प्रावधान परिवर्तन गरेपछि मात्रै मन्त्रिपरिषदले ट्रष्ट सञ्चालक समितिको सिफारिसमा अवधि थप गरेको कान्तिपुरले लेखेको छ । समाचारमा लेखिएअनुसार सगरमाथा आरोहणमा जानुअघि पासाङ ल्हामु शेर्पा तत्कालीन एमाले महासचिव मदन भण्डारी र नेता जीवराज आश्रतिलाई भेट्न पार्टी कार्यालय बागबजार पुगेकी थिइन् ।
पहिलो महिला आरोही बनेर इतिहास लेख्न तम्सिएकी शेर्पालाई राजनीतिमा जबर्जस्त स्थान बनाइरहेका भण्डारीले सफल आरोहणको शुभेच्छा मात्रै दिएनन्, सगरमाथामा फहराउन पार्टीको झण्डा पनि दिए । यो २०५० सालको कुरादेखि २०७६ सालसम्मको अवधिमा भएका मुख्य घटनाक्रमबारे पनि बुँदागतरुपमा लेखिएको छ । · २०६६ सालमा गोकर्ण रिसोर्टको सेयर दिलाउन तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालसँग आग्रह । · २०६८ सालमा गोकुल बास्कोटा ९वर्तमान सरकारका प्रवक्ता० पासाङ ल्हामु शेर्पा पर्वतारोहण प्रतिष्ठानको सदस्य । · २०६९ सालमा केपी शर्मा ओली बिरामी हुँदा आङछिरिङ शेर्पा ९पासाङ ल्हामु शेर्पाको देवर०को सहयोग । · २०७० सालमा दोस्रो संविधानसभा निर्वाचन प्रचारप्रसारमा एयर डाइनेस्टीको प्रयोग । · २०७२ सालमा ओलीको सिफारिसमा कृपासुर शेर्पा पर्यटनमन्त्री, एमाले पार्टी कार्यालय पासाङ ल्हामु प्रतिष्ठानमा र हिमालय एयरलाइन्सबाट प्रधानमन्त्री ओलीको चीन भ्रमण । ·
२०७५ सालमा आङछिरिङको स्मृतिमा विहार बनाउन लुम्बिनीमा चार बिघा जग्गा प्रदान । · २०७६ मा दावाफुटी शेर्पा राजदूत नियुक्त र ऐन संशोधन गरी ६ वर्षअगावै गोकर्ण रिसोर्टको लिज अवधि थप । कान्तिपुरमै भारतको सीमा रक्षा गर्दा फेरि नेपाली मारिएको समाचार छ । भारतले आफ्नो भूमि मिचेको भनेर नेपालमा चर्को आवाज उठिरहेका बेला भारतकै सीमा रक्षार्थ खटिएका एक नेपालीले ज्यान गुमाएका छन् । जम्भु–कश्मीरको लाइन अफ कन्ट्रोल ९एलओसी० मा मंगलबार राति भारतीय र पाकिस्तानी सेनावीच गोलाबारी हुदाँ गोरखाको रिप गाउँका २५ वर्षीय अर्जुन थापामगरको मृत्यु भएको हो ।
अन्नपूर्ण पोस्टले सार्क बिउँझाउने मोदीको टेलिफोन शिर्षकमा प्रमुख समाचार लेखेको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क० ले पुनः जीवन पाउने÷नपाउने बहस सुरु भएको छ। भारत–पाकिस्तान तनाव सार्कमा बाधक बन्दै आएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क क्षेत्रका नेतालाई टेलिफोन गरी शुभकामना दिइरहँदा पाकिस्तान र अफगानिस्तानको नेतृत्वसँग संवाद नहुनुले त्यस्तो बहस सुरु भएको हो। विज्ञहरूले मोदीको यस्तो व्यवहारले सार्क अघि बढ्न नसक्ने संकेतका रूपमा अथ्र्याएका छन्। भारतीय प्रधानमन्त्री मोदीले सार्क सदस्य मुलुक नेपाल, बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्सका राष्ट्र एवं सरकार प्रमुखलाई पालैपालो टेलिफोन गरेर नयाँ वर्ष सन् २०२० को शुभकामना दिएका थिए। तर पाकिस्तान र अफगानिस्तानका सरकार र राष्ट्र प्रमुखलाई भने उनले फोन गरेनन्। सार्क अध्यक्षका नाताले नेपाली कूटनीतिज्ञले समेत अनौपचारिक रूपमा चासो देखाएका छन्।
सार्क सचिवालयले पनि यसमा चासो देखाउँदै परराष्ट्र मन्त्रालयसँग सोधखोज गरेको एक अधिकारीले बताए। सार्कमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, माल्दिभ्स र अफगानिस्तान सदस्य छन्। भारतीय प्रधानमन्त्री मोदीले सार्क अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई टेलिफोन गरी दुई देशबीचका समस्या र यस क्षेत्रको समग्र राजनीतिबारे छलफल गरेका थिए। मोदीले दुईपक्षीय समस्या समाधान गरी सम्बन्ध थप सुदृढ बनाउने र सार्क क्षेत्रमा सहकार्य अघि बढाउने पनि बताएको प्रधानमन्त्री निकटस्थले सुनाए।
मोदीले श्रीलंकाका राष्ट्रपति र प्रधानमन्त्री दुवैलाई फोन गरी शुभकामना दिँदै सहकार्यका विषयमा छलफल गरेको श्रीलंकाका सञ्चारमाध्यमले जनाएका छन्। मोदीले भुटानका राजा जिग्मी गेसर नाम्ग्याल वांग्चुक, प्रधानमन्त्री डा।लोटे छिरिङ, बंगलादेशका प्रधानमन्त्री सेख हसिना, श्रीलंकाका राष्ट्रपति गोताभाय राजापाक्षे, प्रधानमन्त्री महिन्दा राजापाक्षे, मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहसँग वार्ता गरेका थिए। नागरिक दैनिकले पनि नेपाल ट्रष्टको जग्गा हिनामिना प्रकरणकै समाचार लेखेको छ । दियालो बंगला, रत्न मन्दिरलगायतका ऐतिहासिक संरचनाहरुमा निजी व्यवसायीलाई रिसोर्ट चलाउन दिने चलखेल सुरु भएको समाचारमा लेखिएको छ । यी संरचनामा संग्रहालय बनाउन नेपाल ट्रष्टको विज्ञ समितिले प्रतिवेदन दिएको छ ।
