एजेन्सी । सन् २०११ मा रिलिज भएको चर्चित हलिउड फिल्म ‘क्याप्टेन अमेरिकाः द फर्स्ट एभेन्जर’की अभिनेत्री मोली मिट्जेरोल्डलाई आमा पेट्रीशिया फिज्जेरोल्डको हत्या आरोपमा ओल्थे प्रहरीले गिरफ्तार गरेको छ ।
मंगलबार प्रहरीले मोली विरद्ध सेकेन्ड डिग्री मर्डरको माध्यमबाट मुद्दा दर्ता गरेको छ । ‘क्याप्टेन अमेरिकाः फर्स्ट एभेन्जर’मा स्टार्क गर्लको भूमिका निभाएकी मोलीमाथि उनकी आफ्नै ६८ वर्षीया आमा पेट्रिसियालाई कुटपिट गरी हत्या गरेको आरोप छ ।
पेट्रिसियाको शवलाई ओल्थेस्थित उनकै घरबाट २० डिसेम्बरमा प्रहरीले बरामद गरेको थियो । मोली अभिनेत्रीबाहेक निर्देशक र प्रोड्युसर पनि हुन् । मोली ‘क्याप्टेन अमेरिकाः द फर्स्ट एभेन्जर’बाहके, ‘ट्रबल इज माइ बिजनेस’, ‘द लोफुल टुथ’, ‘अबसई इल्यूजन’लगायत फिल्ममा अभिनय गरेकी छिन् ।