काठमाडौं । पूँजी बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका ३ जनाको नाम छनोट भएको छ । छनोट समितिका एक सदस्यका अनुसार धितोपत्र बोर्डका विज्ञ सदस्य भीष्मराज ढुंगाना, बोर्डकै कार्यकारी निर्देशक नीरज गिरी र डा। केशव श्रेष्ठ छनोटमा परेका हुन् ।
समितिले छनोट गरेकामध्येबाट एक जनालाई मन्त्री परिषद् बैठकले अध्यक्षका लागि नियुक्त गर्नेछ । स्रोतका अनुसार आगामी सोमबार बस्ने मन्त्रीपरिषदको बैठकले बोर्डको अध्यक्षको टुँगो लगाउनेछ । बोर्डको आगामी अध्यक्ष सिफारिस गर्न अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँल संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो । समितिको सदस्यमा राजस्व सचिव शिशिरकुमार ढुंगाना र आइक्यानका अध्यक्ष कृष्णप्रसाद आचार्य सदस्य छन् ।