एजेन्सी । स्वतन्त्र दिवसको अवसरमा रिलिज हुने फिल्म ‘भूजः द प्राइड अफ इन्डिया’ को फस्ट लुक्स पोस्टर सार्वजनिक भएको छ यो फिल्मको मूख्य भूमिकामा अजय देवगन छन् । सार्वजनिक पोस्टरमा अजय एयरर्पोट अफिसरको रुपमा देखिएका छन् ।
उनी फिल्ममा विजय कर्निकको भूमिकामा छन् । यो फिल्म १९७१ मा भएको भारत र पाकिस्तान युद्धमा आधारित छ । फिल्मको फस्ट लुक्स पोस्ट फिल्म निर्देशक तथा कथा लेखक अभिषेक दुधैयाले आफ्नो ट्वीटमा सेयर गरेका छन् ।यो फिल्म अगस्ट १४ मा रिलिज हुनेछ ।