नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ आजदेखि भएको छ । यसअवसरमा सुदूरपश्चिम प्रदेशमा पनि भ्रमण वर्षको शुभारम्भका दिन विविध कार्यक्रमकोे अयोजना गरिएको छ । धनगढीस्थित संघीय प्रहरीको खेल मैदानमा सांस्कृतिक कार्यक्रम सहित सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदूरपश्चिम प्रदेशको भ्रमण बर्ष शुभारम्भ गरेका छन ।

धनगढीको सङ्घीय प्रहरी एकाइ कार्यालयको मैदानमा नेपाल भ्रमण वर्ष २०२० को मुख्य समारोह अहिले चलिरहेको छ । मुख्य समारोह अघि प्रदेशका नौ वटै जिल्लाको लोकसंस्कृति झल्किने झाँकी र सांस्कृतिक कार्यक्रम भईरहेका छन । त्यसअघि धनगढीको ट्राफिक चौराहबाट (याली समेत निकालिएको थियो । सुदूरपश्चिमका अन्य जिल्लामा समेत नेपाल भ्रमण वर्षका अवसरमा अन्तक्रिया, गोष्ठी, (याली लगायतका कार्यक्रम आयोजना गरिएका छन । सरकारले यस वर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्षको शुभारम्भ गरेको हो ।
