नेपाल सरकारको मातृ मृत्युदर र बाल मृत्युदर कम गर्ने उदेश्यका साथ स्वास्थ तालिम केन्द्र धनगढी ले नेपालगंजमा दक्ष प्रसुति प्रदायक तालिम सुरु गरेको छ ।
उक्त तालिम आईतबार बाट स्वास्थ तालिम केन्द्र धनगढी को आर्थिक सहयोगमा नेपालगंज मेडीकल कलेजमा सुरु भएको छ ।
नेपालगंज मेडीकल कलेजले राष्ट्रीय तालिम केन्द्र बाट यसै बर्ष अनुमति प्राप्त भएको र पहिलो चरणको तालिम सुरुवात भएको नेपालगंज मेडिकल कलेजका सामाजिक सेवा ईकाई प्रमुख राम बहादुर मल्लले बताउनुभयो ।
यो तालिमको उदेश्य भनेको नर्सिङ कर्मचारी लाई दक्ष प्रसुतिकर्मि उत्पादन गरी मातृमृत्युदर घटाउनमा मद्दत गर्छ ,प्रत्येक बर्थिङ सेन्टरमा २÷३ जना दक्ष स्वास्थ कर्मि हुनु पर्ने अहिलेको मापदण्ड छ , जसले गर्दा आमा र बच्चाको अकालमै हुने न्युनिकरण हुने स्वास्थ तालिम केन्द्रका प्रमुख नरेन्द्र कार्की ले बताउनुभयो ।
उद्घाट्न समारोहमा बोल्दै नेपालगंज मेडिकल कलेज लाई दक्ष प्रसुतिकर्मि उत्पादन गर्ने मान्यता दिलाउन पहल गरेको र जसले गर्दा सुदुरपश्चिमको स्वास्थ अबस्था सुधारमा ठुलो टेवा पुग्ने सुदुरपश्चिम प्रदेशका स्वास्थ निर्देशक डा. गुणराज अवस्थी ले बताउनु भयो ।
